नेकपाका केन्द्रीय सदस्य प्रज्वलन गैर कानुनी थुनामा

 

बुटवल : विप्लव नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्वलन’लाई रुपन्देही जिल्ला अदालतले थुनामुक्त्त गर्न आदेश दिए पनि प्रहरीले थुनामै राखेको छ । रुपन्देही जिल्ला अदालतमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई बिस्फोटक पदार्थ सम्बन्धि मुद्दामा सफाई पाउने ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको पनि प्रहरीले श्रेष्ठलाई थुनामै राखेको हो ।
अदालतले आईतवार नै थुनामुक्त गर्ने आदेशगरे लगत्तै प्रहरीले श्रेष्ठलाई पुन गिरफ्तार गर्ने तयारी गरेपछि कारागार परिसरमा रहेका अधिवक्ताहरु ज्ञानु केसी, शिव गौडेल, पदम कार्की लगायतले पक्राउ पुर्जी मागेका थिए । प्रहरीले पक्राउ पुर्जी नदेखाएपछि अधिवक्ताहरुले अदालतले रिहाइकाे आदेश दिइसकेको ब्यक्तिलाई यसरी थुनामा राख्नु आफैमा गैरकानुनी हुन आउने प्रतिक्रिया दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :