मूल्य नियम : माल उत्पादनको आर्थिक नियम

(मूल्यको नियमको वस्तुगत आवश्यकता हो विनिमयमा समतुल्यता)


मूल्यको नियम माल उत्पादनको आर्थिक नियम हो । यस नियमको मूल्य अन्तरवस्तु हो– मालको मूल्य सामाजिक रूपबाट आवश्यक श्रमबाट निर्धारित हुने गर्दछ । मालहरूको विनिमय त्यसका मूल्यहरूका अनुसार नै हुन सक्छ । अर्थात् विनिमयमा समतुल्यता हुनुपर्दछ । माल अर्थव्यवस्थाका परिस्थितिहरू जहिले पनि र जहाँ पनि उपस्थिति हुने गर्दछन्, मूल्यको नियमको भूमिका यसमा अवश्य हुने गर्दछन् । माक्र्सले भन्नुभएको छ, ‘निजी श्रम उत्पादकहरूको अराजक र निरन्तर बदलिइरहने व्यापारिक सम्बन्धहरूमा यिनीहरूको उत्पादनका लागि सामाजिक रूपबाट आवश्यक श्रमकाल प्रकृतिका नियमहरूसरह आफ्नो मार्ग बलपूर्वक सफाइ गर्दछ, ठीक त्यसरी नै जसरी जब कुनै घर कसैको टाउकामाथि खस्यो भने गुरुत्वाकर्षणको सिद्धान्त बलपूर्वक आफ्नो मार्ग सफा गर्दछ ।’ अर्को शब्दमा माल विनिमयमा माग आपूर्ति सम्बन्धका प्रभावका कारण विनियमय गरिने मालहरूको अनुपात निरन्तर बदलिरहन सक्दछ । त्यसकारण विनियम गरिरहेका दुईवटा मालहरूमा निहित सामाजिक रूपबाट आवश्यक श्रम (वा मूल्य) एकदमै बराबर भलै नहोस् दूरगामी रूपमा माल विनिमयमा समतुल्यता अवश्य हुन्छ । विनिमय गरिरहेका मूल्यहरूको समरूप हुनु आवश्यक छ ।

माल विनिमयको वस्तुगत प्रवृत्ति विनिमयमा समतुल्यतातर्फ किन हुने गर्दछ ? यस्तो यसकारणले हुन्छ– माल उत्पादक यो देखिरहन्छन्, उनका आफ्ना मालहरूलाई अर्काका कति धेरै मालहरूसँग विनिमय गर्न सकिन्छ । माग आपूर्ति सम्बन्धको प्रभावमा मालहरूको विनिमयको अनुपात निरन्तर बदलिइरहन्छ । मानिसहरूले त्यस्ता मालहरूको उत्पादन बढाइदिने गर्दछन् जसले धेरै नाफा दिने गर्दछन् र धेरै मुनाफा दिने मालहरूको उत्पादन घटाइदिने गर्दछन् । परिणामस्वरूप पहिलो प्रकारका मालहरूको आपूर्ति त्यसको मागभन्दा धेरै हुन जान्छ र तिनको विनियम मूल्य घट्न जान्छ । पछिल्ला मागहरूको आपूर्ति उनीहरूको विनियमको अनुपातमा यस्तो परिवर्तन निरन्तर देखिइरहन्छ, विनिमयमा समतुल्यता एउटा वस्तुगत नियम हो जुन मानिसहरूको इच्छाबाट बदलिँदैन ।

मुद्राको जन्मसँगै समस्त माल विनिमयको माध्यमका रूपमा मुद्रामाथि निर्भर भएको छ । मूल्य दामका रूपमा अभिव्यक्त हुने गर्दछ । मूल्यको नियम विनिमयमा समतुल्यताको माग गर्दछ । अर्को शब्दमा त्यस मूल्य र दामका बीच समतुल्यताको माग गर्दछ । भनिरहन आवश्यक छैन, दामहरू र मूल्यहरूका बीच समतुल्यताको माग गर्ने प्रवृत्तिका रूपमा लिनु पर्दछ । वास्तवमा निजी स्वामीत्वमा आधारित माल अर्थव्यवस्थामा जहाँ उत्पादन असंयोजित हुने गर्दछ, बजारमा मालहरूको माग वा आपूर्तिमा निरन्तर फेरबदल भइरहन्छ र यसकारणले गर्दा दाम बढ्ने घट्ने भइरहन्छ । यद्यपि आपूर्ति सम्बन्धमा परिवर्तनका कारण दाम बढ्ने–घट्ने भइरहन्छ तर यो घटबढ सदैव सन्तुलन मूल्यको वरिपरि केन्द्रित हुने गर्दछ । यसकारण माग आपूर्ति सम्बन्धहरूको प्रभावका कारण दामहरू र मूल्यहरूमा अन्तर मूल्यको नियमलाई गलत सिद्ध गर्दैन बरु यो मूल्यको नियमको कार्य गर्ने एउटा आवश्यक रूप हो ।

बजार प्रतिस्पर्धाको क्रममा अगाडि आउने मूल्यका नियमका तीनवटा कार्य

मूल्यको नियम निजी स्वामित्वमा आधारित माल उत्पादनमा तीनवटा कार्य गर्दछ । यी कार्य बजार प्रतिस्पर्धाको स्वतस्फूर्त शक्तिद्वारा पूरा हुने गर्दछन् ।

सबभन्दा पहिले मूल्यको नियमले उत्पादनलाई विनियमित गराउँछ । निजी स्वामित्वमा आधारित माल उत्पादन प्रतिस्पर्धा र अराजकताको परिस्थितिहरूमा हुने गर्दछ । कसैलाई पनि यस कुराको प्रत्यक्ष जानकारी हुँदैन, समाजलाई कुन वस्तुको र कति आवश्यक छ । परन्तु सामाजिक उत्पादक हुन्छ । यी विभाजन र व्यवस्थाहरू मूल्यका नियमबाट विनियमित हुन्छन् र बजारमा दामहरूको घटबढ स्वतस्फूर्त प्रभावबाट लागू हुने गर्दछन् । कुनै मालको आपूर्ति उसको मागसँग बराबर छैन भने त्यसको दाम मूल्यभन्दा धेरै हुन जान्छ र त्यस मालको उत्पादन विशेष रूपबाट मुनाफाको हुन जान्छ । यसप्रकार त्यस मालको उत्पादन बढ्न जान्छ । त्यसका विपरीत हुन्छ भने त मालको मूल्य घट्छ र त्यसको उत्पादन पनि घट्दछ । मूल्यको नियमले यस्तै तरिकाबाट माल उत्पादकहरूका गतिविधिहरूलाई निर्देशित गर्दछ र विभिन्न उत्पादन क्षेत्रहरूमा श्रम र उत्पादनका साधनहरूको बाँडफाँटलाई विनियमित गर्दछ ।

यद्यपि मूल्यका नियमद्वारा सामाजिक उत्पादनका विनियमन निजी उत्पादनमा आधारित अर्थव्यवस्थामा केही … मातहत नै हुने गर्दछ । अन्धो होडबाजीद्वारा त्यसलाई बारम्बार बरबाद गरिन्छ र हरेकपल्ट नयाँ व्यवस्था स्वतस्फूर्त कायम हुन जान्छ । यस तरहको व्यवस्था सामाजिक श्रमलाई अपार बर्बादीपछि कायम हुन पुग्छ जस्तो कि माक्र्सले भन्नुभएको छ, ‘यो व्यवस्थाविहीन गति नै यसको व्यवस्था हो ।’

दोस्रो कुरा मूल्यको नियमले उत्पादन प्रविधिहरू र श्रम उत्पादकतामा सुधारलाई प्रोत्साहन गर्दछ । श्रम उत्पादकता समयको एक एकाइमा तयार उत्पादनहरूको मात्राबाट मापन गरिन्छ । सूत्रका रूपमाः श्रम उत्पादकता उत्पादहरूको मात्रा । श्रमकाला । श्रमउत्पादकताको स्तर कैयौँ कारणहरूबाट निर्धारित हुने गर्दछ । सबभन्दा महत्वपूर्ण हो, श्रमको कुशलता, प्रविधिको स्थिति र उत्पादनमा यसलाई प्रयोग गर्ने अवस्था तथा श्रम विभाजन र यसको संयोजनको स्तर । मूल्यका नियमका वस्तुगत आवश्यकताहरूका अनुसार माल सामाजिक रूपबाट आवश्यक श्रमद्वारा निर्धारित मूल्यहरूबमोजिम बिक्री गरिन्छ । त्यसकारण जुन धेरै कुशल एवम् योग्य हुन्छ तथा उत्पादनमा सामाजिक रूपबाट आवश्यक श्रमकालभन्दा पनि कम समय लिन्छ, यसले धेरै मुनाफा प्राप्त गर्दछ । यसले माल उत्पादकलाई आफ्नो श्रम उत्पादकता र उत्पादन प्रविधिलाई सुधार गर्नका निम्ति प्रोत्साहित गर्दछ । परन्तु निजी स्वामित्वअन्तर्गत माल उत्पादक उच्चतम् मुनाफाका निम्ति उत्पादन प्रविधिमा सुधार गर्दछ जससँग नयाँ प्रविधि छ, स्वाभाविक छ कि उसले त्यसलाई योग्य राख्छ । यी न परिस्थितिहरूमा सामाजिक उत्पादक शक्तिहरूको विकास अवरोध हुन पुग्छ ।

तेस्रो कुरा मूल्यको नियम माल उत्पादकहरूका बीचमा ध्रुवीकरणलाई प्रोत्साहन दिने गर्दछ । त्यस्तो यसकारणले हुन्छ, विभिन्न माल उत्पादकहरूको स्थितिहरू अलगअलग हुने गर्दछन् । कुनै खास मालको उत्पादनमा लाग्ने अलगअलग उत्पादकहरूको श्रमकालमा धेरै अन्तर हुने गर्दछ । यद्यपि मूल्यको नियमको विशेषता यस्तो हुन्छ, माल सामाजिक रूपबाट आवश्यक श्रमद्वारा निर्धारित मूल्यका अनुसार बेचियोस् । यसप्रकार जुन माल उत्पादकहरूसँग उत्पादनका राम्रा परिस्थितिहरू हुन्छन् र जसले सामाजिक रूपबाट आवश्यकबाट थोरै समय लिन्छन् तिनीहरूले धेरै मुनाफा कमाउँछन् र तीव्रतामा विकसित हुन्छ् । अर्कोतर्फ जुन माल उत्पादकहरूसँग उत्पादनका सुविधाहरू कम राम्रा हुन्छन् र सामाजिक रूपबाट आवश्यक श्रमभन्दा धेरै समय लिन्छन्, उनीहरू होडबाजीमा टिक्न सक्दैनन् । यसप्रकार माल उत्पादकहरूका बीचमा ध्रुवीकरण अवश्यम्भावी हुन्छ ।

माल अन्धभक्तिको रहस्यलाई पर्दाफास गर

अन्तभक्ति मूलतः ती धर्महरूसँग सम्बन्धित थियो जसमा मानिसहरूले त्यस्ता वस्तुहरूको पूजा गर्दथे जसका बारेमा मान्ने गरिन्थ्यो, तिनमा केही रहस्यमय शक्तिहरू छन् । जब सामाजिक उत्पादक शक्तिहरूको स्तर तल थियो तब उनीहरू प्रकृतिका शक्तिहरूलाई रहस्यपूर्ण मान्ने गर्दथे । उनीहरूले सोच्थे, मेघगर्जन, बिजुली, पानी र आगोजस्ता प्राकृतिक शक्तिहरू कुनै देवताहरूद्वारा नियन्त्रित छन् भनी तिनको पूजा गर्दथे । यही कुरा निजी स्वामित्वअन्तर्गत माल अर्थव्यवस्थामा पनि भयो । यद्यपि माल मानिसका हातहरूद्वारा बनाउने गरिन्थ्यो तर तिनको पूजा देवताहरूलाई जस्तै गरियो र मानियो– मानिसहरूको भाग्य मालहरूको हातमा छ । माक्र्सले यस परिघटनालाई माल अन्धभक्ति (Commodity fetishism) को संज्ञा दिनुभयो ।

माल अन्धभक्ति अस्तित्वमा कसरी आयो ?

निजी स्वामित्वमा माल उत्पादनका मातहत मानिसहरूका बीच सम्बन्ध माल सम्बन्धहरूका रूपमा अभिव्यक्त हुने गर्दथ्यो । मालहरूप्रति त्यस्तो बुझाइ थियो जस्तो– ती मानिसहरूमाथिका कुनै वस्तु हुन् । उनीहरूका मालिक हुन् । माल उत्पादकको भाग्य मालको भाग्यसँग पूर्ण रूपमा नियन्त्रित हुने गर्दथ्यो । उनीहरूको भाग्य पूर्ण रूपमा यस कुराबाट निर्धारित हुन्थ्यो । उनीहरूको भाग्य पूर्ण रूपमा यस कुराबाट निर्धारित हुन्थ्यो– उनीहरूका माल बिक्छन् कि बिक्दैनन् र कस्तो बिक्छन् । माल लाभप्रद दाममा बिक्यो भने माल उत्पादक समृद्ध हुन जान्थ्यो । त्यो बिकेन भने वा कम दाममा बिक्यो भने त ऊ गरिब बन्न जान्थ्यो । माल उत्पादकसँग पहिले नै यो जान्ने कुनै उपाय नै थिएन, उसको मालको माग छ कि छैन अथवा त्यसको राम्रो दाम मिल्छ कि मिल्दैन । मालहरूको दाम अलगअलग उत्पादकहरूद्वारा होइन, बजारमा मूल्यको नियमको स्वतस्र्फूत शक्तिहरूबाट तय हुन्थ्यो । यस्तो स्थितिका कारण माल उत्पादकले यस्तो सोच्न लाग्यो– उसको भाग्य उसको आफ्नो नियन्त्रणभन्दा बाहिर छ र बजारमा उसका मालहरूको भाग्यबाट निर्धारित हुने गर्दछ ।

सबै मालहरूका साथ सजिलैसँग गर्न सकिने सार्वभौमिक समतुल्यका रूपमा मुद्राको अविभोवपछि यस्तो भ्रम पैदा भयो– मुद्रामा कुनै त्यस्तो कुनै चामत्कारिक शक्ति छ जसले मानिसहरूको भाग्यलाई निर्देशित गर्न सक्छ । यसकारण स्वाभाविक रूपले माल अन्धभक्तिमा बदलियो ।

सबभन्दा पहिले माक्र्सले माल अन्धभक्तिको रहस्यलाई खोल्नुभयो । माल र मुद्राका सम्बन्धहरूको माक्र्सको सिद्धान्तले मानिसहरूका बीचका सम्बन्धहरूलाई पनि अगाडि ल्याउँछ जब कि बुर्जुवा अर्थशास्त्रीहरूले केवल वस्तुहरूका बीचका सम्बन्धहरूलाई देख्न सक्दैनथे । माक्र्सको सिद्धान्तले अकाट्य रूपमा यो देखाइदियो– माल र मुद्राको सम्बन्ध शाश्वत् होइन, बरु एउटा अस्थायी ऐतिहासिक परिघटना हो । शाश्वत् होइन । कुनै खास ऐतिहासिक परिस्थितिमा निर्मित वस्तुहरू, त्यो ऐतिहासिक परिस्थिति बदलिएपछि हराउन पुग्छन् । यो एउटा वस्तुगत नियम हो जसलाई मानिसहरूको इच्छाबाट बदल्न सकिँदैन ।

प्रमुख सन्दर्भ

माक्र्स, पुँजी खण्ड १ अध्याय १,३
एङ्गेल्स, ड्युहरिङ मतखण्डन भाग २ अध्याय ५
लेनिन, कार्ल माक्र्स (‘माक्र्सका आर्थिक सिद्धान्त’)
समीक्षात्मक प्रश्न
१. यो किन भन्ने गरिन्छ– मालका सम्बन्धहरूमा सम्पूर्ण पुँजीवादी अन्तरविरोधहरूका बीच निहित हुन्छन् ?
२. माक्र्सको मूल्य सिद्धान्तको मुख्य अन्तरवस्तु र अर्थ के हो ?
३. निजी स्वामित्वमा आधारित माल अर्थ व्यवस्थामा मूल्यमा नियमले कस्ता भूमिकाहरू निर्वाह गर्छन् ?
टिप्पणीहरू
१. ‘पार्टीको कार्यशैलीमा सुधार गर’ माओ त्सेतुङका सङ्कलित रचनाहरू खण्ड ३ चिनियाँ संस्करण १९६८ पृ. ७७५
२. माक्र्स, पुँजी खण्ड १ माक्र्स–एङ्गेल्सका सम्पूर्ण कृतिहरू खण्ड २३ पृ. ५२
३. ऐ.ऐ. पृ. १४७
४. ऐ. ऐ. पृ. ९२
५. माक्र्स, उजाडिँदा श्रम र पुँजी, माक्र्स–एङ्गेल्सका चुनिएका कृतिहरू खण्ड १ चिनियाँ संस्करण १९७२ पृ. ३६०

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :