जेलका दुई नेता : निराश महरा, उत्साहित सुदर्शन

सरकारी नेकपाका नेता तथा निवर्तमान सभामुख कृष्णबहादुर महरा आफ्नै कार्यालयमा कार्यरत एक महिलामाथि जबरजस्ती करणी (बलात्कार) प्रयास गरेको आरोपमा यतिबेला काठमाडौँस्थित डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

कमरेड विप्लव नेतृत्वको विद्रोही नेकपाका तत्कालीन स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’राजद्रोहको अभियोगमा ललितपुरस्थित नख्खु कारागारमा बन्दी छन् ।

सत्ताधारी पार्टी र विद्रोही पार्टीका यी दुई नेताहरूमध्ये एकजना जबर्जस्ती करणी र अर्का राजद्रोहको मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका हुन् । झन्डै ११ वर्षसम्म सञ्चालित जनयुद्धकादुई सारथी महरा र ओली कुनै बेलाका आत्मीय मित्र पनि हुन् । यी दुई नेता हाल आपसमा फरकफरक वैचारिक बाटोछन् । बन्दी हुने अभियोग पनि फरकफरक हुन् । तर पुरानो सम्बन्धका कारण अहिले पनि भेटघाटमा जानेहरूसँग यी नेताले विगतको कमरेड्ली सम्बन्धका बारेमा कुराकारी गर्ने गरेको र विगत सम्झने गरेको बताइन्छ ।

२०५२ साल फागुन १ गतेजनयुद्ध सुरु भएको केही वर्षपछि रोल्पा पाछाबाङमा पार्टीको आन्तरिक प्रशिक्षणचलिरहेको बेलादेखि नै प्रचण्डका बलिया वैचारिक सारथी सुदर्शनको प्रस्ताव र अर्का विश्वासपात्र महराको अनुमोदनमा प्रचण्डका कोटेसनहरू राख्ने चलन बसाईएको थियो । पछि ०६२–०६३ को जनआन्दोलन र सरकार–माओवादी १२ बुँदे बृहत् शान्तिसम्झौतासँगैजनयुद्धमा पूर्णविराम लागेपछि महरा सत्ताको रसास्वादन गर्न पुगे र निरन्तर सत्तामा पुगे भने सुदर्शन कहिल्यै पनि लाभको पदमा पुगेनन् ।

यसैसिलसिलामा लामो समय प्रचण्डकै पार्टीमा रहेका सुदर्शन विवादित दोस्रो संविधानसभाको चुनावमा दाङ क्षेत्र नम्बर ३, झापा क्षेत्र नम्बर २ र रुकुम क्षेत्र नम्बर २ बाट संविधानसभाको चुनाव लड्न चाहेपनि भूतपूर्व सहयात्री तिनै महराले साथ नदिएपछि सुदर्शनले चुनाव लड्ने अवसर पाएनन् । प्रचण्डले सुदर्शनलाई लाजिम्पाटमा बोलाएर समानुपातिकमा सभासद् बनाउने भन्दै प्रत्यक्ष चुनाव नलड्न आग्रह गरेको जानकारहरुको भनाइ छ । समानुपातिकको सूचीमा सुदर्शनको नाम लीलामणि पोखरेलपछि दुई नम्बरमा रहेको पनि निकटस्थहरु बताउँछन् । तर सुदर्शनको ठाउँमा अवकाश प्राप्त प्रहरी अधिकारी रवीन्द्रप्रताप शाहलाई सभासद् बनाइएको थियो । राती समानुपातिक सभासद्को नाम निर्वाचन आयोगमा पठाउने अन्तिम समयमा रवीन्द्र शाहसँग ६ करोडको मोलमोलाइ मिलेपछि सुदर्शनको नाम समानुपातिक सभासद्बाट पनि हटाइएको हाल एमालेमा विलय भएको तत्कालीन माओवादी केन्द्रकै नेताहरू बताउँछन् । त्यतिबेला सत्ता र सम्पत्तिको मातले सुदर्शनका कुरा नसुनेका महराले यति बेला भने विप्लव र सुदर्शनको सम्झना गर्ने गर्नेको निकटस्थहरू बताउँछन । एउटा कार्यक्रममा सुदर्शनले भनेका थिए– म वा अरू कोही भन्ने व्यक्तिको कुरा गौण हो तर समग्र प्रक्रिया कतातिर गयो भन्ने कुरा चिन्ताको विषय हो । आखिर प्रचण्ड समूहका यस्तै गतिविधिका कारण सुदर्शन उक्त समूह परित्याग गरी विप्लव नेतृत्वको नेकपामा सामेल भए ।

यी त भए विगतका कुरा । भेटघाटमा जाने आफन्तहरूका अनुसार डिल्लीबजार कारागारमा रहेका महरा यतिबेला पूरै निराश मुद्रामा देखिन्छन्। उनी पहिलेपहिले कारागार परिसरमा क्यारेमबोर्ड, लुँडोलगायत खेल खेल्ने र कुराकानी गर्ने गर्थे तर अहिले आफू बसेको कोठाबाटै बाहिर निस्किँदैनन् । उनले कसैसँग पनि कुरा गर्न नरुचाउने गरेको र झन्झन् निराश बन्दै ग एको अन्य कैदी बन्दीहरूबताउँछन् । राजनीति र इतिहासका पुस्तक पढ्ने गरेका महरा आफन्त र केही नजिककाहरूसँग मात्र कुराकानी गर्ने गर्छन् ।

उता नख्खु कारागारमा रहेका विद्रोही नेकपाका नेता सुदर्शन भने कहिल्यै निराश देखिँदैनन्, बरु उनी निरन्तर दर्शन, राजनीतिक अर्थशास्त्र र विज्ञान प्रविधिका बारेमा अध्ययन गरिरहेका देखिन्छन् । दर्शनशास्त्रमा गहिरो दखल राख्ने सुदर्शन अहिले राजनीतिक अर्थशास्त्र र विज्ञान प्रविधिसम्बन्धमा अध्ययन गरिरहेका छन् । उनले कारागारमै रहँदा रातोखबर प्रकाशनगृह प्रकाशक रहेको र अशोक सुवेदीको सम्पादनको ‘विश्वदृष्टिकोणमा रूपान्तरण’ नामको दार्शनिक कृति बजारमा ल्याएका छन् । सुदर्शनकी पत्नी अम्बिका चन्दका अनुसार सुदर्शनले कारागार परिसरमा अहिलेसम्म ७० हजार मूल्यबराबरका पुस्तक किनिसकेका छन् । उनले भनिन्, ‘बागबजारका विभिन्न पुस्तक पसलबाट र अन्य ठाउँहरूबाट खोजेर किताबहरूव्यवस्थापन गरिदिएका छौँ । कसैले मिठो खानेर राम्रो लगाउने कुराभन्दा नयाँ किताब लगिदिएपछि खुसी हुने उहाँको बानी छ । घरमा बस्दा पनि उहाँ कुनै नयाँ पुस्तक पाएमा रातभर पढ्नुहुन्थ्यो । दिउँसो फुर्सद नहुने हुँदा उहाँ रातभर पढ्नुहुन्थ्यो । त्यही भएर नै उहाँको आँखाको नजिक हेर्ने दृष्टि निकै कमजोर बनेको छ र डाक्टरहरूले लामो समय नपढ्न सुझाएकाछन् ।’

कारागारमा बढी समय अध्ययनमै बिताउने सुदर्शन बाँकी समय क्यारेमबोर्ड खेलेर र आफन्तहरूसँग कुराकानी गरेर समय बिताउँछन् । सुदर्शनको योजना, कारागारको आन्तरिक प्रशासन र व्यवस्थापनको पहलमा आइतबार ‘नख्खु प्रगतिशील पुस्तकालय’ स्थापना गरिएको छ । पुस्तकालयउद्घाटन कार्यक्रममासुदर्शनले ज्ञानबिनाको व्यवहार अन्धो र व्यवहारबिनाको सिद्धान्त लँगडो हुने बताए । ‘अध्ययनले ज्ञानको सीमा फराकिलो बनाउँछ । ज्ञान भएन भने मानिसमा निराशा आउँछ । यसले चार पर्खालभित्र सीमित बनाउँछ’, सुदर्शनले भने । उनलेअध्ययन गर्न र ज्ञानको सीमा बढाउन सबैका लागि आवश्यक रहेको पनि बताए । उनले अपराधी करार गरेर जेल हालिएका रत्नाकर डाँकु ‘वाल्मीकि रामायण’ कारचनाकार वाल्मीकि बनेजस्तै बन्द पर्खालभित्रका मानिसहरूले ज्ञानको सीमा बढाउन सकेमा भविष्यमा नयाँ मान्छे भएर उदाउने सम्वाभना रहेको बताए ।जेलमा पुस्तकालयस्थापना हुनु र जेलपरिसरमा रहेका कैदीबन्दीहरूले पढाइप्रति रुचि देखाउँदा आफू खुसी भएको उनले बताए । पुस्तकालय उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका नेकपा नेता सुदर्शनले पढाइमा ध्यान केन्द्रितगराउँदा सकारात्मक चिन्तनको विकास हुने र नयाँ मान्छेका रूपमा आफूलाई विकास गर्ने अवसर प्राप्त हुने हुँदा कतिपय कारणले फसेका वा फसाइएका कैदीबन्दीहरूलाई अध्ययन गरेर ज्ञानको सीमा विस्तार गर्न आग्रह गरे ।

कारागार व्यवस्था विभागका प्रमुख जेलर सुरेन्द्र पौडेलले सबैले ज्ञानको सीमा विस्तार गर्न आवश्यक भएको बताए । उनले ज्ञानले समृद्ध पारेमा समाजमा अपराध कम हुने धारणा पनि राखे । उनले कारागार परिसरमा स्थापना भएको पुस्तकालयमा आफ्ना तर्फबाट सम्भव हुने योगदान गर्न तयार रहेको पनि बताए । कार्यक्रमको उद्घोषण आन्तरिक प्रशासनका नाइके श्रीचन राय यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :