हिमालमा हिमपात काठमाडौँमा बर्षा

 

काठमाडौँ : बर्षासँगै सुदूरपश्चिमका अधिकांश उच्च पडाडि तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।
दार्चुला, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, डोटी, जुम्ला, हुम्ला, अछाम, मुगु, मनाङ, मुस्ताङ लगायत देशका उच्च हिमाली जिल्लाहरुमा बिहिबार र शुक्रबार भारी हिमपात भएको हो । बिहिबार देखि भएको बाक्लो हिमपातको कारण हिमाली तथा पहाडि जिल्लाहरुको जनजिवन प्रभावीत भएको छ ।
बाक्लो हिमपातको कारण जनजिवन प्रभावित हुनुको साथै मानिसहरुलाई घरबाहिर निस्कन समेत समस्या परेको स्थानीयले बताएका छन् ।
हिमपातको कारण हवाई उडान प्रभावित भएका छन् भने लामो तथा छोटो दुरीका सवारीसाधन पनि बन्द भएका छन् ।
यता काठमाडौँमा पनि चिसो बढेको छ । काठमाडौँ लगायत तराई क्षेत्र र देशका बिभिन्न भागमा वर्षा भैरहेको छ । काठमाडौँमा बिहिबार पनि हल्का बर्षा भएको थियो । शुक्रबारबाट शनिबारसम्म वर्षा तथा बदली हुने मौसमविदहरुको पुर्वानुमान गरेका छन् ।

२०७६ पुष १८ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :