२४ औँ जनयुद्ध दिवस र जनयुद्धसिर्जित कविता साहित्य

२०५२ साल फागुन १ बाट आरम्भ भएको महान् जनयुद्धका २३ वर्ष बितेर २४ वर्ष लागेको छ । जनयद्ध झन्डै ११ वर्षसम्म सञ्चालनमा रह्यो । दर्शन, विचार, राजनीतिमा झैँ यसले साहित्यमा पनि क्रमभङ्ग ग¥यो र नयाँ यथार्थ निर्माण ग¥यो । जनयुद्ध लड्दालड्दै स्रष्टाहरू जन्मिए र स्रष्टाहरूले सिर्जनाबाट योद्धाहरू जन्माए । जनयुद्ध सुरु हुनुभन्दा अघि सिर्जनामा तल्लीन जनयुद्ध आह्वान गरिरहेका प्रगतिवादी स्रष्टाहरूका लागि जनयुद्धको त्याग, शौर्य, वीरता र बलिदान सिर्जनाका लागि नयाँनयाँ ऊर्जाहरू बने भने स्रष्टाका विविध विधाका सिर्जना युद्धका ऊर्जा बने । यसरी जनयुद्धमा साहित्य, कला र संस्कृति र युद्ध अर्थात् हतियारका बीच सहकार्य भयो । स्रष्टाहरू सिर्जना गर्दागर्दै सहिद भए । सहिदका विषयमा सिर्जना गर्ने स्रष्टाहरू सिर्जना गर्दागर्दै आफैँ सहिद बने । स्रष्टा, संस्कृतिकर्मीहरू आफैँ पनि सिर्जना गर्दागर्दै युद्धमा सामेल भए । सिर्जना गर्दागर्दै सहिद, बेपत्ता, घाइते र अङ्गभङ्ग भए । महान् वर्गयुद्धमा सामेल हुनेहरू प्रायः नयाँनयाँ अनुभूति, अनुभव र नयाँनयाँ निर्माणसँगै स्रष्टा बने । तिनले विविध विधामा आफ्ना अनुभूतिहरू पस्किए र नयाँ दिशा निर्माणको वातावरण बनाए । एक सय ६० भन्दा बढी स्रष्टा÷संस्कृतिकर्मीहरूको युद्धमैदानमै बलिदान भयो । जनयुद्धले निर्माण गरेका वीरता, शौर्य, त्याग र बलिदानका यथार्थ र तथ्यहरू सिर्जनाका विषय बने । स्रष्टाले गरेका त्याग, शौर्य, वीरता र बलिदानका गाथाहरू पार्टीनेता, कार्यकर्तादेखि जनतासम्म सबैका लागि सांस्कृतिक हतियार बने । यसरी महान् जनयुद्ध स्रष्टाका लागि सिर्जना र वैचारिक ऊर्जा बन्यो भने सिर्जना जनयुद्धका लागि ऊर्जा । जनयुद्धको सिर्जना एकीकृत जनक्रान्तिका लागि पनि ऊर्जा बनेर रहेका छन् ।

जनयुद्ध समग्र युद्ध भएकाले यसले विचार, राजनीति, साहित्य, कला र संस्कृति सबैतिर प्रभाव पा¥यो । यसले पुरानो विचार, सत्ता, संस्कृति, व्यवहार, आनीानी, क्रियाकलापको ध्वंस र त्यसको ठाउँमा नयाँको निर्माण ग¥यो । साहित्य, कला र संस्कृति पनि नयाँ सत्तासँगै वैज्ञानिक, जनवादी र नयाँ निर्माण हुँदै गए । जनयुद्धका क्रममा र जनयुद्धपछि पनि स्रष्टा र भोक्ताहरूले विभिन्न विधाहरूमा कलम चलाए । साँच्चै वर्गसङ्घर्षमा हेलिएकाहरू जनयुद्ध विसर्जन गरिएपछि केही थाकेझैँ पनि देखिए । कतिपयले भने आरोहसँगै अवरोहको अवस्थालाई आलोचना गर्दै नयाँ शिराबाट वर्गसङ्घर्ष आरम्भ गर्नुपर्छ भने आशयसाथ सिर्जनालाई निरन्तरता दिइरहे । जनयुद्धकै बाटोबाट आएका एकथरी स्रष्टा बाबुरामका पछि लागेर प्रतिक्रियावादी कित्तातिर लागेका छन् भने अर्काथरी प्रचण्डको पछि लागेर दलाली र गद्दारीको बाटो हिँडिरहेका छन् । असली क्रान्तिकारीहरु भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र त्यसमातहतको अखिल नेपाल जनसांस्कृतिक महासङ्घमा आबद्ध भएर सिर्जना गरिरहेका छन् ।
जनयुद्ध समाप्त भएको भन्दै कथित शान्तिकालको घोषणा गरेर मूल नेतृत्व वर्गसङ्घर्षबाट पलायन हुँदै गएपछि जनयुद्ध लड्नेहरूभन्दा जनयुद्धलाई सत्तोसराप गर्नेहरू एकएकवटा बहानाबाजी बनाउँदै पार्टी र आन्दोलन लहसिँदै गए । जनयुद्धको समयमा माओवादी नभएर अन्य विभिन्न संसदीय पार्टीमा संलग्न रहेकाहरू र अझ केही त लेकमा भित्तामा टाँसिएर बसेका जुका मानिसको गन्ध पाएपछि सक्सकाएर शरीरभरि टाँसिएझैँ माओवादीमा टाँसिन आइपुगे । यतिबेला ती असली माओवादीलाई पाखा लगाएर निर्लज्ज सांस्कृतिक आन्दोलनको घोडा चढिरहेका छन् । पार्टी सत्तादेखि बुर्जुवा सत्तासम्म तिनै छाएका छन् । कतिपय सांस्कृतिक अगुवा हेर्दाहेर्दै जनयुद्धका महानायक भनिएकाहरूको वैचारिक स्खलन भएजस्तै स्खलित हुँदै भ्रष्टाचार र अनैतिकतामा चुर्लुम्म डुबेका छन् । तर पनि भगौडा र भ्रष्टहरूलाई दलाल, गद्दार र छद्म घोषणा गर्दै एकीकृत जनक्रान्तिसँगै स्रष्टा र संस्कृतिकर्मीहरू सांस्कृतिक आन्दोलन अघि बढाइरहेका छन् । यहाँ हामीले जनयुद्धमा विभिन्न कोणबाट सामेल स्रष्टा, हिजोदेखि आजसम्मका मूलमूल पात्र र सिर्जनाका नाम दिने प्रयास गरेका छौँ । यसलाई जनयुद्धकालीन (जनयुद्ध पक्षधर र समर्थकसमेत) साहित्य÷कला÷संस्कृतिको एक झलक भन्नु उचित हुनेछ । जनयुद्धले साहित्य, कला, संस्कृतिमा निर्माण गरेको नयाँ यथार्थका बारेमा चैतन्यले क्रान्ति र सौन्दर्यमा विस्तृत चर्चा गरेका छन् । नेकपाका महासचिव विप्लवको एकीकृत जनक्रान्तिका तीनवटै संस्करण, विप्लवका सङ्कलित रचना, वैज्ञानिक समाजवाद, महापतन, हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को दार्शनिक रचना, धर्मेन्द्र बास्तोलाको समकालीन विश्व कम्युनिस्ट आन्दोलन, असारे काकाको संस्मरण, अनिल शर्मा विरहीको सांस्कृतिक रचनाले एकीकृत जनक्रान्तिको दार्शनिक, वैचारिक, राजनीतिक, सांस्कृतिक आधारलाई मार्गनिर्देश गर्दै यो धारलाई समृद्ध पारेका छन् ।

जनयुद्धकाललाई नेपाली प्रगतिवादी साहित्य, कला र संस्कृति निर्माण अर्थात् नयाँ यथार्थ उद्बोधन गर्ने चेतनाका दृष्टिले महत्वपूर्ण अर्थात् उर्वर काल मानिएको छ । मानिस वर्गस्वार्थका लागि आफ्नो व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर वर्गसङ्घर्षमा होमिएको कालखण्ड भएकाले र यस अवस्थामा युद्धका तीक्ष्ण अनुभूतिहरू, मानिसका चौतर्फी समस्या, मान्छेका उदात्तता, त्याग, शौर्य, बलिदान अनि मानिसका सीमा र समस्याहरू नजिकैबाट अध्ययन गर्न वा बुझ्न पाएकाले सिर्जनाका विविध क्षेत्र र आयामका रूपमा यसले उपस्थिति देखाएको पाइन्छ । यस कालमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाल, राज्यआतङ्क, सहयोद्धाहरूको बलिदान, वियोगले सिर्जना गरेको बदलाभाव, मान्छेले मान्छेमाथि देखाएको अपार ममता र वर्गवैरीप्रति प्रदर्शन गरेको अपार घृणाका सन्दर्भहरूले निर्माण पाएको देखिन्छ । यसलाई मोटामोटी रूपमा निम्न शीर्षकमा विभक्त गरेर सूचीकृत गर्न सकिन्छ ः

कविता यस अवधिको केन्द्रीय वा मुख्य विषय हो । सबैभन्दा बढी लेखिएको र कृति प्रकाशित विधा पनि कविता हो । केही कविता कृतिमा कृष्ण सेन ‘इच्छुक’ का इतिहासको यस घडीमा (२०५६), बन्दी र चन्द्रागिरि (२०५७), समकालीन नेपाली कविता (२०५४), जनयुद्धका कविता (२०६६), पूर्ण विरामका गोविन्दले ठीक भन्यो (२०५०), ए ! मेरो आदरणीय लेकाली पूmल (२०६४), लड्न जन्मेकाहरूले (०६४), पौवाकी पौवालीलाई (२०६७), अनिल शर्माका मनका खाडलहरू (२०६०) र अग्निपक्षीका गीतहरू (२०६३), आरबी फ्लेमको ज्वालाका रापहरू (२०५४), पुन्य कार्कीका बाघले घाँस खायो (२०५४) र आस्थाको अग्निपथ (२०६५), खगेन्द्र रानाको म र क्यान्टोनमेन्ट (२०६५), अशोक सुवेदीका युद्धघोष (२०५५), गाउँको रङ फेरिएको छ (२०६२), नयाँ समयका नयाँ मान्छेहरू (२०६२) र चिहानमाथि ठडिएको सालिक (२०६३), लोकेन्द्र बिष्टका रगतको इतिहास (२०६०) र ओ ! मेरा सुन्दर लालीगुराँसहरू (२०६६), निभा शाहका इन्कलाब जिन्दावाद (२०६३), कालापानीकी द्रौपदी (२०६६), मनसरा (२०७२), आर.पी. तिमिल्सिनाको आगो र सपनाहरू (२०६४), वीरबहादुर केसी (रोल्पाली) को राता पूmलहरू (२०६३), रामप्रसाद जैसीको सालिक र मान्छेहरू, लोकबहादुर थापामगरको बूढा इम (२०५७), गङ्गामुक्ति पुनको मृत्युञ्जय (२०६३), गणेश शाही ‘प्रतीक’ को सङ्घर्षका डोबहरू (२०६५), विष्णुबहादुर विश्वकर्माको जुनी (२०६४), भीम रानाभाटको रङ, रगत र मान्छे (२०६४), कुशल बोगटीको श्रीपेचमाथि उभिएर (२०६५), सीताराम केसीको मन्द मन्द मुस्कुराएँ (२०६६), जनक महतराको रक्तिम क्रान्तिको युग (२०६५), डबल महतराको मुक्तियुद्ध (२०६६), शोभा थापाको कठिन यात्राका यात्री (२०६४), तुलराज गिरीको क्रान्ति (२०६५), प्रतिरोध सांस्कृतिक परिवारको प्रतिरोधका आवाजहरू (२०६५), जनार्दन वियोगीको मुक्तिमार्ग (२०५३), यज्ञराज प्रसाईंको रगतको इतिहास (२०६३), चुनु गुरुङको बेलिसरा (२०६६), जयन्ता घर्ती रमाको लडाइँका गीतहरू (२०६६), ऋषिराम लामिछानेको आँधी आउँदै छ (२०६६), डी. कौडिन्यको बन्दुक आँसु र फूलहरू (२०६६), हेमराज पहारीकोे देशको अभिभारा (२०६१), उदयबहादुर चलाउने ‘दीपक’ को विद्रोहका पदचापहरू (२०६४), दिल साहनीका आस्थाको सगरमाथा (२०६६), फिलिङ्गा (२०५७) र साइलन्ट इको (अङ्ग्रेजी कवितासङ्ग्रह– २०६३), झपेन्द्रराज वैद्यको अग्रगमन, जनक महताराको रक्तिम क्रान्तिको युग, गङ्गराज सेजुवालको अमरदीप बलेको छ, पुष्पराज ढुङ्गानाको तानाशाही यज्ञ, समीर यात्रीको हिउँ पनि उम्लिरहेछ, युद्धविक्रम शाहीको प्रिय ! म त आकाश बनेको छु (२०६४), चेतकान्त चापागाईंंका यात्रा मुक्तिशिखरको (२०५५), राता फूलहरू (२०६६) र जून अस्ताएपछि (२०७२), शोभा दुलालको ज्वालामुखी फुटेपछि (२०६८), युवराज काफ्ले ‘नास्तिक’ को भत्केको दरबार (२०६५), वेणु आचार्यको एक चोक्टा इतिहास (२०६१), नारायण पोखरेलका टोपी (२०६१), मस्र्याङ्दी (२०६३) र प्रतिबिम्ब (२०६५), यदुविलास भट्टराईको यही देशमा (२०५६), ऋषि बस्ताकोटीको ज्वालाका रापहरू (२०५५), सोम गुरुङको शिखरमा फुलेका पूmलहरू (२०५६), मदन भण्डारी र मन क्षेत्रीको जनयुद्ध जारी छ (२०६४), राजकुमार कुँवरको युद्धरत सगरमाथा (२०६६), सहिद सुमित्रा, माधव र आक्रोशको फेरिएका अर्थहरू (२०६३), झपेन्द्र वैद्यका चम्पा (महाकाव्य, २०६६) र अग्रगमन (२०६५), खगेश्वर भण्डारीको रातो सिपाही (खण्डकाव्य, २०६५), सहिद सिर्जना संरक्षण अभियानको सहिद हस्ताक्षर (२०६५), पुरण क्षेत्रीको जलजलाको नूतन सन्देश (२०६३), इच्छुक रचनावली भाग १ र जनयुद्धका कविताहरू, आक्रोश बिहानीको फेरिएका अर्थहरू (२०६३), सहिद टीका श्रेष्ठका कविताहरू (२०६३), रोल्पाली बन्दीहरूको संयुक्त सङ्कलन जन्जिरले बाँधिएका हातहरू (२०५४), पूर्ण इन्फादाको मौन कम्पनहरू (२०५६) र अभिलेख अवशेषहरू (२०६५), कुमार दिङ्लालीको लालपाती (२०६९), सजिना मोक्तानको महासमरका यात्राहरूमा (२०६७), कमल बुढा इमानदारको उद्देश्यको यात्रा (२०६८), धनबहादुर मगरको ङऊ लिङ्घ (२०६५), डा. शिवशङ्कर बस्यालको तिम्रो कानुनका फर्मानविरुद्ध (२०७२)m मुक्तान थेवाको अखण्ड आलाप (२०७५) लगायत छन् । रसुवाली कवि, बीपी विद्रोही, आरोह नेपाली उम्दा कवि, गीतकार र गजलकारका रुपमा उदाएका छन् ।

एकीकृत जनक्रान्ति घनीभूत बन्दै गएपछि नेकपाका महासचिव विप्लवका अत्यन्त धारिला गीत र कविताहरु ल्ेखिएका छन् र गाइएका छन् । हुनत विप्लवले यसअघि पनि सशक्त गीत र कविता लेख्दै आएका हुन् । नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला कञ्चन पनि क्रान्तिकारी कविता लिएर आएका छन् । त्यस्तै, प्रकाण्ड, शिलु, आधार, बन्धु चन्द, खुमा सुवेदी, चिरन पुन पनि गीत र कविता विधामा अग्रसर भएका छन् । एकराज भण्डारी, शान्ता भण्डारीका कविता पनि छिटफुट रुपमा प्रकाशनमा आउने गरेका छन् ।

हरिबहादुर कर्माचार्य, प्रभात चलाउने, जीवन हमाल, अञ्जना सुवेदी, खेम थपलिया, लम्जेल सङ्घर्षशी, सीता विकललगायत स्रष्टा पनि यस क्षेत्रमा क्रियाशील छन् । यीमध्ये अधिकांश जनयुद्धको समयमा जनयुद्धमा सामेल भएर र जनयुद्ध नजिक भएर कविता लेख्ने कवि हुन् ।

यसक्रममा कतिपय कवि जनयुद्धमा आबद्ध नभए पनि नजिकबाट समर्थन र सहयोग गर्नेहरू छन् । रामप्रसाद ज्ञवालीका एकादेशमा (२०६१) र असुरग्यास (२०६२), स्वप्नलोक (२०७४) ले पनि निरन्तर क्रान्तिका पक्षमा सन्देश प्रवाह गरेका छन् । अतृप्त पाण्डेयको समयसित रुमाल छैन पनि यसै धारको कृति हो ।

पार्टीमा आबद्ध नभएका, स्वतन्त्र वामपन्थी र क्रान्तिकारी धारमा रहेका कतिपय स्रष्टाहरुले क्रान्तिलाई साथ दिँदै आएका छन् । त्यसप्रकारका स्रष्टाहरुका सिर्जनामा अन्यायअत्याचारको विरोध र समानतामूलक समाज निर्माणको कामना छ तर जनयुद्ध, त्यसले सम्बोधन र निर्माण गरेका विषय र त्यसको महानताका बारेमा खासै चर्चा छैन । सहरदेखि ग्रामीण भेगसम्म जनयुद्ध तथा एकीकृत जनक्रान्तिको धारालाई मूल विषय बनाएर कविता, गीत सिर्जना गर्ने हजारौँ स्रष्टाको लर्को लागेको छ, त्यसको विस्तृत चर्चा यहाँ सम्भव छैन । जनयुद्धको समयमा कविता लेखेका तर यतिबेला कम्युनिस्ट आन्दोलनबाट पलायन भएकाहरुका नाम र सङ्ग्रहहरुको चर्चा यहाँ गरिएको छैन ।

कतिपय कवितासङ्ग्रह जनयुद्ध (२०५२–२०६२) जारी रहेकै समयमा र कतिपय जनयुद्ध रोकिएपछिको अवस्थामा लेखिएका छन् । जनयुद्धमा लामबद्ध भएका स्रष्टाहरूले त्यतिबेला र अहिलेसम्म पनि कविता, गीतलगायत माध्यमबाट जनयुद्धको औचित्य, त्याग, शौर्य, बलिदानको औचित्य र महत्तालाई केन्द्रीय विषय बनाएर लेख्ने क्रम जारी छ । सजिलो अवस्थामा माओवादी बनिटोपलेका कतिपयले भने शान्तिकालमा कविता वा अन्य सिर्जना गरेर पनि जनयुद्ध जारी रहेको समयकै मिति उल्लेख गरेको टिप्पणी हुने गरेको छ । त्यो खोजीको विषय छँदैछ । आमूल परिवर्तनका लागि इतिहासमा भएका हरेक आन्दोलन, सङ्घर्ष, क्रान्ति र युद्धपछि एउटा तप्का क्रान्तिलाई निरन्तरता दिने वा रोक्ने विषयको बहसमा निरन्तर क्रान्तिका पक्षमा लामबद्ध हुने गरेको छ र अर्को तप्का थाक्ने, गल्ने वा क्रान्तिबाट पलायन भएर सम्झौतामुखी जीवनदर्शन अपनाउने गरेको छ । २००७ सालदेखि २०२८ सालको झापा विद्रोह, २०३६ सालको जनआन्दोलन, २०५२ साल फागुन १ गतेबाट आरम्भ भएको जनयुद्ध, त्यसैको आधारमा सञ्चालित २०६२–२०६३ को जनआन्दोलन र त्यसपछि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा जारी आन्दोलनहरूमा पनि त्यो प्रवृत्ति पुनरावृत्ति भइरहेको छ । नेपाली प्रगतिवादी कवितामा पनि यसको असर पर्ने गरेको छ । २०६२ सालमा दिल्लीमा भएको १२ बुँदे समझदारी हुँदै २०६३ मा जनयुद्ध समाप्तिको घोषणा, २०६४ सालमा संविधानसभाको निर्वाचन, २०६५ मा राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको घोषणापछि पनि प्रगतिवादी कविहरू नयाँ जनवादी र समाजवादी क्रान्ति हुँदै साम्यवाद प्राप्तिको लक्ष्यलाई मूल केन्द्रबिन्दु बनाएर कविता सिर्जना गरिरहेका छन् भने २०४६ सालको सम्झौता धोका हो भन्दै जनयुद्धमा लागेका र समर्थन गरेका कतिपय कविहरू नयाँ जनवादी क्रान्तिको बाटो परित्याग गरेर संसद्वादी सत्तामा रमाउँदै गएको देखिएको छ । सबैभन्दा विडम्बनाको कुरो त सुगौली, कोसी, गण्डकी र महाकालीमा राष्ट्रघात भएको विषयलाई कविताको केन्द्र बनाउने कतिपय प्रगतिवादी कविहरू बिप्पा, सुपुर्दगी, एयरपोर्ट, जलस्रोत, लिपुलेकलगायतका नेपालको राष्ट्रिय हितविपरीतसन्धि, सम्झौता र सहमतिको समर्थन गरिरहेका छन् वा मौन बसिरहेका छन् । यतिबेला जनयुद्ध हिजोको स्वरूपमा छैन तर जनयुद्धकाल र त्यसपछि पनि जनयुद्धले उठाएका विषयलाई केन्द्र बनाएर प्रगतिवादी कविहरू कविता लेखिरहेका छन् । विशेषगरी यतिबेला नेकपाको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्तिको कार्यदिशालाई केन्द्र बनाएर कविता लेखिरहेका स्रष्टाहरूको एउटा सुन्दर टिम क्रियाशील छ । यो भरोसायोग्य छ ।

२०७५ फागुन १ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :