जनयुद्ध दिवसको अवसरमा रुकुममा भब्य जनसभा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले बुधबार रुकुमको चउरजहारीमा २४औं जनयुद्ध दिवसको अवसरमा भब्य जनसभा सम्पन्न गरेको छ । संगठन सुदृढिकरण तथा विस्तार अभियानमा रहेको नेकपाको अभियान टोलीले उक्त सभाको आयोजना गरेको हो ।
        सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा रुकुम सल्यान अभियान टोलीका प्रमुख चिरन पुन ‘मिलन’ले नेपाली इतिहासमा जनयुद्ध शुरुगरेको दिन एउटा उत्सवको दिन भएको भन्दै यसलाई आफ्नो पार्टीको नेतृत्वमा अघि बढिरहेको क्रान्तिले विजयको दिनमा परिणत गराउने बताए । साथै मिलनले क्रान्तिलाई विजयमा पुरयाउने सपना देखाएर प्रचण्ड बाबुराम जनयुद्धबाट भागेपनि आफनो पार्टीले क्रान्ति पुरा गरेरै छोडने बताउदै आफनो पार्टीले शुरु गरेको अभियानमा साथ दिन जनतालाई आग्रह गरे ।     कार्यक्रममा नेकपाका अर्का केन्द्रीय सदस्य तथा रुकुम इन्चार्ज अटल, नेकपा दैलेख इन्चार्ज विवेक, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगली, अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुद्र भटराई, नेकपाका पश्चिम रुकुम सेक्रटरी चन्द्र बुढा, पुर्व रुकुम सेक्रेटरी नरेन्द्र विक लगायतको उपस्थिति थियो ।
     सुरेन्द्र वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रेम प्रसान्त बोहोराले गरेका थिए । कार्यक्रममा सिस्ने साँस्कृतिक परिवार रुकुमले गित संगीत प्रस्तुत गरेको थियो । कार्यक्रम शुरु हुनु पुर्व झाकी सहितको विशाल जुलुसले बजार परिकर्मा गरेको थियो । सोही कार्यक्रममा नेकपा निकट अखिल (क्रान्तिकारी)को २५ औं जिल्ला सम्मेलनको पनि उदघाटन गरिएको थियो ।

 

२०७५ फागुन २ गते बिहिबार प्रकाशीत

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :