पार्टी पुनस्र्थापनाका चार वर्ष : सङ्क्षिप्त समीक्षा

क्रान्ति, प्रतिक्रान्ति र पुनः क्रान्तिको प्रक्रियामा विभिन्न चुनौती चक्रव्यूहहरूलाई पार गर्दै अगाडि बढिरहेको नेपाली कम्युनिस्ट आन्दोलन आज नितान्त नयाँ ठाउँमा उभिएको छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी आफ्ना झन्डै ७० वर्षहरूमा थुप्रै सङ्घर्ष, बलिदान र आंशिक सुधारका बीचबाट आफूलाई इतिहास र आफ्नै शिक्षाहरूबाट प्रशिक्षित गर्दै अगाडि बढिरहेको छ । राजनीति विज्ञान, त्यसमा पनि क्रान्तिद्वारा राजनीतिक विज्ञानको सफलताका लागि विचार, क्रान्तिकारी कार्यदिशाका अतिरिक्त क्रान्तिका तीन ज्यादुगरी हतियार र व्यापक जनसङ्गठन अनिवार्य हुन्छ । यसका साथै कुशल, निडर र दृढ नेतृत्वको अभावमा क्रान्तिकारी पार्र्टीले राज्यसत्ता प्राप्तिको लक्ष्यमा आफूलाई सफल बनाउन सक्दैन । नेपाली कम्युनिस्ट आन्दोलनमा नेतृत्व, विचार, कार्यदिशानिर्माण र प्रयोगको सन्दर्भमा नै ठूलाठूला सङ्घर्षर फुटहरू हुने गरेका छन् ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास थुप्रै सङ्घर्षका वीर गाथाहरूले भरिएको छ । ती सम्पूर्ण सङ्घर्षको समुच्चमा २०५२–०६२/०६३ सम्मको जनयुद्धलाई लिन सकिन्छ । राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी गणतन्त्र नेपाल स्थापनाका लागि सञ्चालन गरिएको जनयुद्ध नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा मात्रै होइन, नेपालको राज्य विस्तार प्रक्रियामा पृथ्वीनारायण शाहले सञ्चालन गरेको लामो युद्धपछिको सबैभन्दा ठूलो विद्रोह र क्रान्ति थियो । देशको झन्डै ८० प्रतिशत भूभागमा जनसत्तास्थापना, हजारौँ जनमुक्ति सेना, लाखौँ कार्यकर्ता तथा जनमिलिसियाहरूको परिचालन, सम्पूर्ण उत्पीडित जनवर्गहरूको स्थानीय सत्ता र सेनामा सहभागिता तथा एक हदसम्म अन्तर्राष्ट्रिय आकर्षण (विदेशी नागरिकहरूको पनि आंशिक सहभागिता र समर्थन) ले महान् जनयुद्धको उच्च गरिमालाई स्पष्ट गर्दछ । माथि उल्लेख गरिएझैँ कुशल, निडर र दृढ नेतृत्वको अभावमा विजयको सन्निकट पुगेको जनयुद्ध आज प्रतिक्रान्तिमा बदलिन पुगेको छ । सर्वहारावर्गको पहिलो राज्यसत्ता पेरिस कम्युन १८७१ मेमा थियर शासक वर्ग र जर्मनी सेनाको संयुक्त हमलाका कारण पराजित हुन प¥यो । एक लाख कम्युनार्डको बलिदान, ४० हजारको गिरफ्तारी र जेलका बीचबाट पराजित हुन पुगेको पेरिस कम्युनले हारेर पनि विश्व जित्न सर्वहारा वर्गलाई निरन्तर दिशानिर्देश गरिरहेको छ ।सोभियत सङ्घलगायत पूर्वीयुरोपका प्रतिक्रान्तिहरू तथा युद्धरत पार्टीहरू मुख्यतः पेरूमा नेतृत्वको गिरफ्तारीपछि भएको सत्ता र सङ्घर्षको विसर्जन तथा नेपालमा नेतृत्वको गद्दारीका कारण पैदा भएको प्रतिक्रान्ति पछिल्लो विश्व–कम्युनिस्ट आन्दोलनका लागि नकारात्मक आयामहरू हुन् तथापि यसले उत्पीडित वर्गलाई राज्यसत्तामाथि विजय हासिल गर्नका लागि थप शिक्षा प्रदान गरेको छ । नेपाली जनयुद्धका तत्कालीन नायकहरूमा आएको विचलनका विरुद्ध पार्र्टीभित्र सञ्चालन गरिएको ६ वर्ष लामो विचारधारात्मक सङ्घर्षमा नेतृत्वको रूपान्तरणको सम्भावना नदेखिएपछि २०६९ साल असारमा सम्बन्धविच्छेद, क. किरणको नेतृत्वमा पार्र्टी पुनस्र्थापना र करिब दुई वर्षको क. किरणसँगको विचारधारात्मक सङ्घर्ष र पुनःसम्बन्धविच्छेद गरी २०७१ साल मङ्सिर ८ गते क. विप्लवको नेतृत्वमा पार्र्टी पुनस्र्थापना अगाडि बढ्यो । तत्कालीन अवस्थामा पार्र्टी विभाजनका विभिन्न आरोपहरू खेप्नु परेपनि आज दुनियाँले देख्ने गरी साबित भएको छ– पार्र्टीमा लामो विचारधारात्मक सङ्घर्ष (त्यसको उद्देश्य मूल नेतृत्वलाई रूपान्तरण गर्नु थियो) सहित सम्बन्धविच्छेद गर्दै पार्टीको क्रान्तिकारी विचार, आदर्श र मूल्यहरूको रक्षा गरी पुनः क्रान्ति सुसङ्गत गर्ने आवश्यकता र अभिभारा पूरा गर्ने महान् उद्देश्य अन्तर्निहित रहेको छ । यहाँ पार्र्टीको पुनस्र्थापनायताका उपलब्धिहरूको सङ्क्षिप्त चर्चा गरिनेछ ।

प्रथमःनयाँ दर्शनको खोज–अध्ययन–अनुसन्धान

के तथ्य स्पष्ट छ भने क्रान्तिकारी पार्र्टीले आफ्ना उद्देश्यहरू हासिल गर्न परम्परागत विचार र दर्शनबाट सम्भव हुँदैन । यसकालागि निरन्तर खोज, अध्ययन र अनुसन्धान अनिवार्य हुन्छ किनकि क्रान्तिको पुनरावृत्ति होइन विकास हुन्छ भन्ने मान्यताको प्रयोग नै मालेमाको मूल आत्मा हो । यसरी हेर्दा हाम्रो पार्र्टीले खोजबाट निष्कर्ष निकालेको छ ।
पहिलोः माक्र्सले संश्लेषण गर्नुभएको छ, ‘दार्शनिकहरूले संसारको व्याख्या मात्र गरेका छन् तर मुख्य कुरा यसलाई बदल्नु हो ।’ अबको दुनियाँमा बदल्ने मात्रले पुग्दैन त्यसको ‘रक्षा र विकास’ अनिवार्य हुन गएको छ । घटनाक्रमहरूले नै साबित गरेका छन्– सोभियतसङ्घ पूर्वी युरोप हुँदै विश्वव्यापी रूपमा भूगोलका हिसाबले एक तिहाइ जनसङ्ख्याका हिसाबले आधा भूभागमा स्थापना गरिएका समाजवादी सत्ताहरूमा प्रतिक्रान्ति हुन पुगेका छन् । त्यहाँ समाजवादी सत्ताको रक्षा गर्न सकिएन । तसर्थ अबका क्रान्तिकारीहरूले वस्तुको रूपान्तरणसँगै त्यसको रक्षा र निरन्तर विकासमा ध्यान दिनुपर्छ ।

दोस्रोः विपरीतहरूको एकत्वसम्बन्धी द्वन्द्वात्मक भौतिकवादी नियमलाई विकास गर्नुःदार्शनिकहरूले वस्तुको विकास नै विपरीतहरूको एकता हो भनेका छन् । त्यो सही हो तर त्यो मामिला सम्पूर्ण क्षेत्रमा सोलोडोलो प्रयोग हुन सक्दैन । त्यसमा पनि मुख्यतः क्रान्तिकारी राजनीतिक पार्टीमा चल्ने दुई लाइन सङ्घर्ष र विपरीतहरूको एकत्व फरकफरक पक्षहरू हुन् । इतिहासका शिक्षाहरू तथा विगत पार्टीमा सञ्चालन गरिएका हाम्रा आफ्नै अनुभवहरूले स्पष्ट गरेका छन्– आज क्रान्तिका नायक भनिएका व्यक्तिहरू कहाँछन् ? यो राजनीतिक मामिला मात्र नभएर दर्शनसँग पनि अन्तर्सम्बन्धित रहेको विषय हो ।

तेस्रोः समाज विज्ञानमा नयाँ विकास गर्ने विषयसँग सम्बन्धित छ । जस्तोकि प्रकृति विज्ञानको विकासले माक्र्सवादको पुष्टि र विकास गर्दछ । त्यसैले द्वन्द्वात्मक भौतिकवादविरोधीहरूले प्रकृति विज्ञानको आविष्कारलाई खण्डन गर्ने कुचेष्टा गर्छन् । उनीहरू तर्क गर्दछन्– विज्ञानप्रविधि र सूचना–सञ्चारको विकासले पदार्थ लोप भएको छ । कम्प्युटरमा लेख्दा उत्पन्न हुने अक्षर तरङ्गहरू पदार्थ होइनन् । यसका साथै समाज विज्ञानमा भइरहेको भूमण्डलीकरण र प्रविधिको विकासका कारण क्रान्ति असम्भव छ । यसप्रकारको तर्कले केवल दास मानसिकतालाई मात्र व्यक्त गर्दछ । यसका विरुद्ध समाज विज्ञानमा द्वन्द्वात्मक भौतिकवादको विकास आवश्यकछ । हाम्रो पार्टीको नेतृत्व क. विप्लवद्वारा खोज गरिएका यी दार्शनिक विषयहरूले अन्तर्राष्ट्रिय रूपमा बहस ल्याउनेछ र थप विकसित हुँदै जानेछ ।

द्वितीयः नयाँ कार्यदिशाको निर्माण र प्रयोगः नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यदिशाका बारेमा ठूलाठूला बहसहरू हुने गरेकाछन् । त्यसमा पनि मुख्यतः अक्टोबर समाजवादी क्रान्ति अर्थात् सशस्त्र विद्रोहको मोडेल र चिनियाँ जनावादी क्रान्ति अर्थात् दीर्घकालीन जनयुद्धको मोडेल । यी दुवै मोडलका अतिरिक्त जनसङ्घर्षको मोडेल पनि छलफलमा आउने गरेको पाइन्छ तर मुख्यतः चिनियाँ मोडेललाई नै नेपाली कम्युनिस्ट आन्दोलनमा बढी पछ्याइएको पाइन्छ । आजको दुनियाँमा विज्ञान–प्रविधि र सूचना–सञ्चारका क्षेत्रमा आएको भुमण्डलीकरण इतिहासका क्रान्ति र प्रतिक्रान्तिहरूका शिक्षा र नेपाली समाजको अन्तर्विरोध र विशेषतालाई ध्यानमा राखी नयाँ कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ को निर्माण र प्रयोग गरिएको छ । समाज विकासको प्रक्रियासँगै राजनीतिक कार्यदिशाको पनि विकास गर्नसक्ने पार्र्टीले मात्र आफ्ना विरोधीहरूमाथि श्रेष्ठमा हासिल गर्न सक्छ । अन्यथा जतिसकै पवित्र भावना राखे पनि परिस्थितिले त्यसलाई दास साबित गर्ने कुरा हुन्छ । हाम्रो पार्र्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषणका विशेषताहरू निम्नानुसार रहेका छन् :

i)  नगर समाजको विकास ii) नयाँ श्रमिक वर्गको विकास iii) विज्ञान प्रविधिको विकास iv) दलाल पुँजीवादको चरित्र v) उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको बसोबास vi)   राष्ट्रवादी शक्ति vii) भूपरिवेष्ठितमूलक ।
आज हामीले नयाँ कार्यदिशाको निर्माण र प्रयोग गरिरहँदा क.माओले १९७१ मा चिनियाँ १० वटा ठूला सङ्घर्षहरूको सार खिच्दै प्रान्तीय भ्रमणका क्रममा भनेका थिए, ‘राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सम्पूर्ण कुराको निर्धारण गर्दछ’ भन्ने कुरालाई गहिरो गरी मनन गरेका छौँ ।

तृतीयः सङ्गठनात्मक दृष्टिले : महान् जनयुद्धको नेतृत्व, ठूलाठूला बलिदानको बीचबाट विकसित भएको पार्टीमा भएको दुईदुईपटकको विभाजन, सम्बन्धविच्छेद र पुनर्गठन गर्नु विचारधारात्मक रूपले सही भए पनि भावनात्मक कोणबाट हेर्दा निकै दुःखदायी विषय हो । थुपै्र चुनौतीहरू, आशङ्का र विश्वासका बीचबाट पार्टीको विकासप्रक्रिया अगाडि बढेको छ । दोस्रोपटकको सम्बन्धविच्छेदको लगत्तै दाङमा सम्पन्न राष्ट्रिय सम्मेलनमा देशभित्रका सम्पूर्ण जिल्ला, विभिन्न जवस–मोर्चा तथा विभागहरूका साथै अन्तर्राष्ट्रिय विभागअन्तर्गतका विभिन्न देशमा क्रियाशील पार्टी सङ्गठनहरूको उपस्थिति थियो । राष्ट्रिय सम्मेलन सम्पन्न भएको दुई वर्ष अर्थात् २०७३ फागुनमा ८ औँ महाधिवेशनद्वारा विचार, दर्शन, राजनीतिक, आर्थिक र संस्कृति सम्पूर्ण क्षेत्रमा नयाँ संश्लेषणसहित पार्टी अगाडि बढिरहेको छ । आजसम्म पुग्दा पार्टी देशव्यापी स्थानीय स्तरसम्म पुगेको छ । झन्डै ३ दर्जन जनवर्गीय सङ्गठनहरू तथा राष्ट्रिय मोर्चाहरू क्रियाशील छन् । केन्द्रीय स्तरमा दर्जनौँ विभागहरू, जनसत्ताको केन्द्रीय तहदेखि स्थानीय तहसम्म सभा तथा अधिवेशनमार्फत कार्यकारी कमिटीहरू बनेका छन् । यसरी हेर्दा आज पार्टी देशव्यापी रूपमा विभिन्न अवयवसहित विकसित र सुदृढ हुँदै गएको छ ।

चतुर्थः सङ्घर्षका दृष्टिले : हाम्रो पार्र्टीको पुनस्र्थापनायता राष्ट्रियता, जनतन्त्र, जनजीविका तथा महँगी र भ्रष्टाचारका विरुद्ध सङ्घर्ष सञ्चालन गर्दै आइरहेको छ । यस सन्दर्भमा लिपुलेक प्रकरण, सुकुमबासी प्रकरण, कथित संविधान निर्माण, भ्रष्टाचार र महँगीका विरुद्ध आयोजना गरिएका नेपाल बन्दका कार्यक्रमहरू उल्लेखनीय जनसमर्थनसहित सम्पन्न भएका छन् । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण, एनसेलप्रकरण, दलालीकरणका विरुद्ध प्रतिरोध र भण्डाफोर, अपर कर्णाली, अरुण ३, प्रचण्डद्वारा गरिएको २५ बुँदे सहमति, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय हवाई सेना राख्ने सहमतिका विरुद्ध सङ्घर्षलगायत राष्ट्रिय महत्वका सङ्घर्षहरू रहेका छन् ।

यसका साथै मृत्युशय्यामा पुगेको संसदीय व्यवस्थालाई पुनः स्थापित गर्ने उद्देश्यमा आधारित दुईवटा कथित निर्वाचनहरू स्थानीय तथा सङ्घ र प्रदेशको निर्वाचनका क्रममा भएका सङ्घर्षहरू निकै उल्लेखनीय छन् । दुवै निर्वाचनका क्रममा दमन र प्रतिरोधको शृङ्खलाले नयाँ उचाइ हासिल गरिको छ । स्थानीय निर्वाचन खारेजीका क्रममा कमरेड धनरूप बटाला र क. सनराइजको वीरतापूर्ण सहादत, दर्जनौँ घाइते तथा हजारौँ नेता, कार्यकर्ता गिरफ्तार गरिए भने सङ्घ तथा प्रदेश निर्वाचनका सन्दर्भमा पनि हजारौँ नेता–कार्यकर्ताहरूको गिरफ्तारीका बीचमा दमन र प्रतिरोधका नयाँ शृङ्खलाहरू कायम गरिएका छन् । यसका साथै दुईतिहाइ बहुमतको संसदीय कम्युनिस्ट सरकारका केन्द्रीय तथा स्थानीय राष्ट्र र जनविरोधी क्रियाकलापको भण्डाफोर र प्रतिरोध सङ्घर्षका क्रममा पार्टी स्थायी समिति सदस्यहरू कमरेडहरू प्रकाण्ड, कमरेड सुदर्शन, सल्लाहकार समितिका अध्यक्ष कमरेड असारे काकालगायत डेढ दर्जन केन्द्रीय नेतृत्व तथा सयौँ अन्य नेता, कार्यकर्ताको गिरफ्तारी र अनेक षड्यन्त्रका विरुद्ध गरिएका नेपाल बन्दलगायत कार्यक्रमहरूको सन्दर्भ विशेष उल्लेखनीय रहेका छन् । राष्ट्रिय स्वाधीनता, समानता, समृद्धि र शान्तिका पक्षधर नेता, कार्यकर्तालाई गिरफ्तार गरी जेलमा सडाएर क्रान्तिलाई रोक्ने उनीहरूको दिवासपना जनताको प्रतिरोध, कानुन व्यवसायीहरूको सहयोग तथा विभिन्न राजनीतिक पार्टी, बुद्धिजीवी, लेखकहरूको सहयोग उल्लेखनीय रहन पुगेको छ । जनप्रतिरोध तथा जेल–हिरासतका मोर्चाको संयुक्त सङ्घर्षद्वारा हासिल गरिएको विजयका कारण पार्टी नयाँ ढङ्गले स्थापित हुन पुगेको छ ।

पाँचौँः वैकल्पिक सत्ताका रूपमा स्थापित ः आज देशमा आफूलाई कम्युनिस्ट बताउने संसदीय कम्युनिस्टहरूले सरकारको नेतृत्व गरेका छन् । उनीहरूले कथित निर्वाचनका क्रममा राष्ट्र र जनताका पक्षमा जेजति प्रतिबद्धता व्यक्त गरेका थिए ती सम्पूर्ण जनतालाई झुक्याउन गरिएका प्रपञ्चहरू थिए । हामीले आमजनतालाई भ्रममा नपर्न र कथित निर्वाचनको प्रतिरोध गर्न आह्वान पनि गरेका थियौँ । आज के पुष्टि भएको छ भने दलाल संसदीय व्यवस्थाको चरित्र आगामी दिनमा यो अरू बढेर जाने निश्चित छ किनकि यो व्यवस्थामा सीमित दलाल पुँजीपति वर्गको संरक्षण गर्नुबाहेक केही हुन सक्दैन । आज राष्ट्रियताको समस्या बढेको छ । दिनदहाडै सीमा मिचिएका छन् । भ्रष्टाचार बढेको छ । महँगीका कारण जनतालाई बाँच्न मुस्किल परेको छ । सामाजिक सुरक्षा दिनानुदिन सङ्कटतर्फ बढिरहेको छ । यसप्रकारका समस्याहरूले आमजनतामा निराशा उत्पन्न भएको छ । हामीले स्पष्ट रूपमा भनेका छौँ– संसदीय व्यवस्थाको विकल्प भनेको वैज्ञानिक समाजवादी सत्ता हो । वैज्ञानिक समाजवादी सत्ताका लागि एकीकृत जनक्रान्ति आजको आवश्यकता हो । आज हाम्रो यही नारा र कार्यक्रमको वरिपरि देश केन्द्रित हुन पुगेको छ । उत्पीडित जनवर्गहरूका अतिरिक्त राष्ट्रवादी शक्तिहरू, विभिन्न परिवर्तनकामी शक्तिहरू हाम्रो पार्र्टीमा धु्रवीकरण हुने र सहयोग गर्ने प्रक्रिया तीव्र बनेको छ । यो एउटा सकारात्मक पक्ष हो । यसका अतिरिक्त सत्ताको साधनका रूपमा क्रियाशील जनपरिषद्हरूले आमजनवर्गहरूलाई सत्ताको प्रत्याभूत गराउँदैछ । त्यसैले हाम्रो पार्टी एउटा वैकल्पिक शक्तिका रूपमा उदाइरहेको छ ।

आजको आवश्यकता शक्तिशाली कम्युनिस्ट पार्टी : हाम्रो निष्कर्ष छ– कम्युनिस्ट पार्टी असल र क्रान्तिकारी हुनु पर्दछ । असल मात्र भएर पुग्दैन त्यसको क्रान्तिकारी चरित्र नभएसम्म कम्युनिस्ट पार्टीले आफूलाई शक्तिशाली कम्युनिस्ट पार्टीमा रूपान्तरण गर्न सक्दैन । जबसम्म शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण हुँदैन तबसम्म त्यसले राज्यसत्तामाथि आफ्नो श्रेष्ठता हासिल गर्न सक्दैन । त्यसैले एउटा शक्तिशाली कम्युनिस्ट पार्टी जसले राष्ट्र र जनविरोधी संसदीय व्यवस्थालाई खरानी बनाउन, वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न र त्यसको सञ्चालन गर्नसक्ने क्षमता राख्न सकोस् । त्यसप्रकारको शक्तिशाली कम्युनिस्ट पार्र्टी कसरी निर्माण गर्न सकिएला त ? त्यसका लागि निम्नसर्तहरू आवश्यक छन् :

क) पार्टीका विचार, राजनीति र महाधिवेशनका निष्कर्षहरूको अध्ययन : यो कुरा जानकारी राख्न सक्नु पर्दछ– ‘ज्ञानबिनाको व्यवहार अन्धो हुन्छ भने व्यवहारबिनाको ज्ञान लँगडो हुन्छ ।’ लेनिनको यो भनाइ एउटा क्रान्तिकारी कम्युनिस्ट पार्र्टीका लागि जहिले र जहाँ भए पनि त्यतिकै महत्व रहेको छ र रहनेछ । हाम्रा सम्पूर्ण तहका पार्र्टी समितिहरूले अध्ययनमा जोड लगाउनु पर्दछ । अध्ययन गर्नुको तात्पर्य ज्ञान हासिल गर्नु हो । ज्ञानबिना कुनै पनि क्रान्तिकारी सङ्घर्षको नेतृत्व गर्न असम्भव छ । ज्ञान व्यवहारबाट अर्थात् वर्गसङ्घर्षबाट प्राप्त हुन्छ र संश्लेषण गरिएको ज्ञान फेरि व्यवहार अर्थात् वर्गसङ्घर्षतर्फ फर्काउनु पर्दछ । ज्ञान सिद्धान्तका दृष्टिले पनि ज्ञान र व्यवहारको समुच्चय नै समाजको परिवर्तन हो । हाम्रा संश्लेषणहरू तथा विचार राजनीतिका बारेमा व्यवस्थित अध्ययनका लागि स्कुलहरू खोल्नुपर्छ र त्यहाँ अध्ययन गर्ने हुनुपर्छ । त्यसमा पनि मुख्य अध्ययन भनेको स्वअध्ययन नै हो । क. माओको ‘स्वअध्ययन नै हाम्रो विश्वविद्यालय हो’ भन्ने कुराको गहिरो आत्मसात गर्दै सबै तहका पार्टी समितिहरूले पार्र्टीका समग्र विचार र निष्कर्षहरूको जानकारी राख्नुपर्छ ।

ख) उच्च क्रान्तिकारी मनोबल र गतिशील चरित्र : सबै स्तरका पार्टी समितिहरूमा क्रियाशील नेता, कार्यकर्ताहरूसँग उच्च क्रान्तिकारी मनोबल हुनैपर्छ । आजको दुनियाँमा जो उच्च मनोबलले युक्त छ उसैले आफ्नो विरोधी वा प्रतिस्पर्धीका विरुद्ध श्रेष्ठता कायम गर्न सक्छ । क्रान्तिमा मृत्यु, जेल, सर्वस्वहरण, घाइते, अपाङ्ग, पारिवारिक समस्याहरू आउन सक्छन् ती सम्पूर्ण अवरोधहरू क्रान्तिकारीहरूका लागि सामान्य कुरा हुन् भन्ने बुझाइराख्ने कुरा सबै स्तरका अग्रभागमा कार्यरत नेता, कार्यकर्ताहरूले बुझ्नु पर्दछ । यसप्रकारको चुनौती र अवरोध झेल्न नसक्ने नेता, कार्यकर्ताहरू पृष्ठभाग अर्थात् सहयोगी भूमिकामा रहनु पर्दछ । यसका साथै त्यससँग गतिशील चरित्रलाई जोड्नुपर्छ । क्रान्ति अनिवार्य पक्रिया हो, भैहाल्छ भन्नु, क्रान्ति अरू कसैले गरोस्, परिवर्तन मलाई पनि आवश्यक छ भन्ने चेतनाले अन्ततः यथास्थिति र पुच्छरवादमा पु¥याउँछ । त्यसैले क. माओले भनेझैँ ‘क्रान्ति कसले सुरु गर्ने ? आफैँले । कहाँबाट सुरु गर्ने ? जहाँ छौँ त्यहीँबाट । कहिले सुरु गर्ने ? आजैबाट’ भन्ने स्पिरिट अर्थात् गतिशीलतालाई सबै स्तरका पार्टी समितिमा कार्यरत नेता–कार्यकर्ताले आत्मसात गर्नु पर्दछ ।

ग) आर्थिक समस्यालाई हल गर्नु : एउटा क्रान्तिकारी पार्र्टीका सम्पूर्ण समितिहरूले आर्थिक समस्याका सन्दर्भमा निम्नकुरामा ध्यान दिनु पर्दछ ः ९ष्० आज विश्वव्यापी रूपमा भैरहेको युद्ध तथा अन्तरविरोधहरूको केन्द्रमा अर्थ नै रहेको छ । विगतमा भएका प्रथम र द्वितीय विश्वयुद्ध, साम्राज्यवादको उदय र उपनिवेशको निर्माण पनि आर्थिककै कारण भएका थिए । ९ष्ष्० सोभियत सङ्घ र पूर्वी युरोप हुँदै विश्वव्यापी रूपमा समाजवादी सत्तामा भएको प्रतिक्रान्तिको सार कुरा पनि आर्थिक नै रहेको छ । इतिहासका यी शिक्षा तथा चिनियाँ कम्युनिस्ट पार्टीमा देखापरेको ल्यु साओचीको संशोधनवादी विचार उत्पादन वृद्धि र आर्थिक क्रान्तिका सन्दर्भमा क. माओले एयष्तिष्अक ष्ल ऋयmmबलम को संश्लेषण गर्नुभयो र सर्वहारा सांस्कृतिक क्रान्तिको सूत्रपात गर्नुभयो । ९ष्ष्ष्० आज पूर्वीयुरोपका कम्युनिस्ट पार्टीहरू कमजोर हुनुमा एउटा कारण अर्थकै रहेको छ । राज्यद्वारा किसान–मजदुर तथा युवाहरूलाई दिएको सुविधाका कारण त्यहाँ पार्र्टी कमजोर हुन पुगेको हो । ९ष्ख० आज हाम्रो अर्थविश्लेषण सही छ तर तत्कालीन दृष्टिले हाम्रो दोहोरो सम्बन्ध निजी परिवार र सामूहिक पार्टी–सङ्गठन हुँदा अन्तरविरोध उत्पन्न भएको छ । यसलाई हल गर्ने सोच्नुपर्छ । अन्यथा हाम्रो विकास केवल सापेक्षित मात्र हुनेछ । आज पार्टीलाई हजारौँहजार पूर्णकालीन कार्यकर्ताको खाँचो छ तर हाम्रो आर्थिक समस्याका कारण थुप्रै क्रान्तिकारी नेता–कार्यकर्ताहरू आफ्नो परिवारमा सीमित हुनुपरेको छ । ९ख० सबै स्तरका पार्टी समितिहरूले अनिवार्य कोषहरू खडा गर्नु पर्दछ । एउटा क्रान्तिकारी पार्टीका लागि आर्थिक एउटा महत्वपूर्ण पक्ष हो । क. माओले आधारइलाकामा नोट प्रकाशन गर्नु, आज सिरिया, इराकलगायत मुलुकहरूमा विद्र्रोहीहरूले विभिन्न खनिज सामग्रीहरूमाथि कब्जा जमाउनुले यसको महत्व स्पष्ट हुुन्छ ।

घ) ठूलो सङ्ख्यामा नेता, कार्यकर्ताहरूको उत्पादन र परिचालन ः क्रान्तिका लागि क्रान्तिकारी विचारका साथै ठूलो भौतिक शक्तिको खाँचो पर्छ किनकि क्रान्तिकारी विचार र कार्यदशाको प्रयोग गर्ने माध्यम भनेको सङ्गठन हो । जुन नेता र कार्यकताहरू माथिदेखि तलसम्म विभिन्न पार्टी समितिमा क्रियाशील रहेका हुन्छन्, क्रान्तिकारी पार्र्टीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय फौजी र गैरफौजी कानुनी र गैरकानुनी तथा सङ्गठनात्मक क्षेत्र र विभागीय क्षेत्रका साथै सांस्कृतिक–साहित्यिक क्षेत्रमा काम गर्नका लागि उल्लेखनीय कार्यकर्ताको खाँचो पर्दछ । त्यसका लागि सबै स्तरका पार्टी समितिहरूले योजनाबद्ध पहलकदमी लिन आवश्यक छ ।

ङ) निरन्तर रूपमा शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन : पार्टी एकचोटि क्रान्तिकारी हुँदैमा पुग्दैन । त्यो निरन्तर क्रान्तिकारीकरण गरिरहनु पर्दछ । प्रतिक्रियावादी तथा दलाल सत्ताको प्रतिबिम्ब पार्टीमा निरन्तर रूपमा पैदा भैरहन्छ । फलतः पार्टी समितिहरूमा विभिन्न गलत विचार र कार्यशैलीहरू विकास हुन पुग्छन् । त्यसको हल विचारधारात्मक रूपले निरन्तर शुद्धीकरण र सुदृढीकरणको विधिबाट गरिनुपर्छ । यसलाई विभिन्न कार्यविधिमार्फत अगाडि बढाउनुपर्छ ।

च) वर्गसङ्घर्षको निरन्तरता : सबै स्तरका पार्टी समितिमा आबद्ध नेता, कार्यकर्ताहरूले वर्गसङ्घर्षमा भाग लिने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । त्यो भनेको भनाइ र गराइमा एकरूपता पैदा गर्ने महत्वपूर्ण माध्यम पनि हो । जो साँचो अर्थमा भनाइ र गराइमा एकरूपता ल्याउन सक्दैन त्यो क्रान्तिकारी हुन सक्दैन अर्थात् सिद्धान्त र व्यवहारबीचको द्वन्द्वात्मक सम्बन्धका बीचबाट नै हामीले आफूलाई परिपक्व बनाउन सक्छौँ र क्रान्तिको जस्तोसुकै प्रतिकूलताहरू पनि पार गर्न सक्छौँ । सङ्क्षेपमा क्रान्तिकारी र शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणका आधारभूत उपायहरू यिनै हुन सक्छन् । क्रान्ति–प्रतिक्रान्ति र पुनः क्रान्तिको प्रक्रियामा अगाडि बढिरहेको हाम्रो पार्टीले आफ्नो चार वर्षको गौरवशाली यात्राका क्रममा उठेका कैयौँं विचारधारात्मक, सङ्गठन, राजनीतिक, आर्थिक र सांस्कृतिक चुनौतीहरूको समाधान र आशङ्काहरूलाई विश्वासमा बदल्दै एउटा महान् अभियानको नेतृत्व गरिरहेको छ । यो ऐतिहासिक अभिभारा पूरा गर्नका लागि एकताबद्ध भई अगाडि बढांँ । पार्टी पुनस्र्थापना दिवस अमर रहोस् ।

२०७५ पुस १ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!