ताप्लेजुङमा समाजघर निर्माण हुँदै, संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद : विरही

 

ताप्लेजुङ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वी कमान्ड इन्चार्ज तथा पिबिएम अनिल विरहीले दलाल संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेरै छाड्ने बताएका छन् । पूर्वको थबाङ भनेर परिचित ताप्लेजुङ जिल्लाको उत्तर–पूर्वमा रहेको ऐतिहासिक हिमाली गाउँ ‘हेल्लोक’ मा ‘हेल्लोक समाजघर’ शिलान्यास गर्दै नेता विरहीले दलाल संसदीय व्यवस्थाले देशलाई भयानक वर्वादीतिर धकेलेको, नागरिकलाई चरम आर्थिक शोषण र दमन गरेको बताएका छन् ।


सो कार्यक्रममा पार्टी केन्द्रीय कार्यालयले समाजघर निर्माणका लागि प्रदान गरेको नगद रु १ लाख रुपैया भवन निर्माण समितिका अध्यक्ष चन्द्र माङ्वुलाई कमान्ड इन्चार्ज अनिल विरहीले हस्तान्तरण गरेका थिए ।

त्यसैगरी रातो खवर प्रकाशन गृहद्वारा हेल्लोकका जनतालाई प्रदान गरिएको ११ थान माक्र्सवादी साहित्यका पुस्तकहरु नेकपा ताप्लेजुङ इन्चार्ज सक्कलले हेल्लोकका पार्टी सचिव दुर्गा सिंह लिम्बूलाई हस्तान्तरण गरेका थिए । सो समाज भवन निर्माणको लागि आठ आना जग्गा श्री शेरबहादुर माङ्वुले निःशुल्क प्रदान गरेका थिए । सो कार्यक्रममा राष्ट्रिय लिम्बुवान संस्कृति तथा वातावरण संरक्षण मञ्च र हेल्लोक युवा क्लबले लिम्बू संस्कृति झल्कने गीत, संगित र नृत्य प्रदर्शन गरेका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमन साथै हेल्लोकका पहिलो कम्युनिस्ट तथा पञ्चायतिकालमा पटक–पटक जेल हिरासतको कष्ट झेलेका रनध्वज लिम्बु र ताप्लेजुङ्ग जिल्ला इन्चार्ज सक्कलले मन्तव्य राखेका थिए । कार्यक्रममा विनु लिम्बु र पवित्रा लिम्वुले पनि गीत र मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमका अतिथिहरु अनिल विरही, सुमन, सक्कल, याम, रनध्वज लिम्बू, विद्यालयका प्रधानअध्यापक कमल लिम्बूलाई हेल्लोक गाउँ समिति, हेल्लोक समाज परिवर्तन यूवा क्लव, राष्ट्रिय लिम्बूवान संस्कृति तथा वातावरण संरक्षण मञ्च र स्थानिय जनताले अभिनन्दन गरेका थिए । सो कार्यक्रमको अध्यक्षता जिल्ला जनसरकार प्रमुख प्रकाशले गरेका थिए भने विजय लिम्वूले संचालन र नरपति पौडेलले स्वागत भाषण गरेका थिए । हेल्लोकका ७ जना सहिदको तर्पmवाट दिलबहादुर हेल्लोकलाई अतिथि बनाइएको थियो ।

२०७५ पुस १ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :