किसान महासङ्घ चितवनको प्रथम भेला

राजु कार्की

चितवन :अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) चितवनको प्रथम भेला सम्पन्न भएको छ । शनिबार चितवनको भरतपुरमा सम्पन्न भेलाले निखिलको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । 

भेलामा बोल्दै अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष राजु कार्कीले दलाल राज्यसत्ताले किसानहरुलाई राहत दिनुको ठाउँमा उल्टो उत्पादन मूल्य घटाई किसानहरुलाई दुःख दिइरहेको बताए । साथै उनले किसानहरुलाई दलाल सत्ताको विरुद्ध सङ्गठित भई आफ्नो हक हित र अधिकार स्थापित गर्नको लागि एकीकृत जनक्रान्तिको बाटोमा अघि बढ्न आग्रह गरे ।
भेलाका अन्य अतिथिहरुमा नेकपाका पश्चिम तामसालिङ ब्युरो इन्चार्ज आधार, जिल्ला सेक्रेटरी ध्रुब, कार्यालय सचिव प्रेम चौधरी लगायत उपस्थित थिए । निखिलको अध्यक्षतामा सम्पन्न भेलामा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का कार्यालय सचिव हरि श्रेष्ठले बधाई मन्तब्य दिएका थिए  । 

२०७५ पुस १ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :