सार्भभौम सत्तामाथि बिदेशी हस्तक्षेप : नेता पुन

  

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डडेलधुराको आयोजनामा मङ्सिर २९ गते शनिबार पर्शुराम नगरपालिकाको लालढुङ्गा बजारमा विशाल जनसभा सम्पन्न भएको छ । सामना सांस्कृतिक परिवारका कलाकारहरुको सहभागीता सहित सम्पन्न सभामा हजारौं स्थानीय सहभागी थिए । सभालाई सम्बोधन गर्दै नेकपाका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनले देशको मुल समस्या भनेको दलाल पुँजीवादी ब्यवस्था भएको र त्यसको आडमा बिदेशिहरुले नेपालको सार्वभौमसत्ता माथि हस्तक्षेप गरिरहेको बताए । भ्रष्टाचार, कालोबजारी, राष्ट्रघात, हत्या हिंसा र जनघातका श्रृखलाहरु बढिरहेको भन्दै कम्युनिस्ट सरकार सामाजिक फाँसिवादमा पतन भएकोले अब यसको बिकल्पमा बैज्ञानिक समाजवाद अपरिहार्य भएको बताए ।
पूर्वसभासद तथा सेती–महाकाली जनप्रतिनिधि सभाका अध्यक्ष हरिलाल थापामगर, महाकाली ब्युरो कार्यालय सचिव संघर्ष, डडेल्धुरा जिल्ला इन्चार्ज सिखर, न्याय बिभाग प्रमुख अमर, ट्रेड युनियन महासङ्घ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष लोकबहादुर पल्लिमगर, दलित मुक्ति मोर्चाका नेता बिरु तिरुवा लगायतले सभालाई सम्बोधन गरेका थिए । जिल्ला इन्चार्ज अमर बुढामगर अबिनासले स्वागत गरेको सभामा सामना परिवारका कलाकारहरुले सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा सहिद परिपवारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय बुद्धिजीवी, ब्यापारी, कर्मचारी, सुरक्षाकर्मि र प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।
सभाको सञ्चालन आरोह नेपालीले गरेको थिए भने जिल्ला सचिव टिकारानामगरले अध्यक्षता गरेका थिए ।

२०७५ पुस १ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :