नेकपा रसुवाको पाँचौ पूर्ण बैठक सम्पन्न

नेकपा रसुवाको पाँचौ पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी रसुवाको जिल्ला समितिको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं रसुवा/नुवाकोट इन्चार्ज बिन्दुको प्रमुख आतिथ्यता, तथा जिल्ला सेक्रेटरी विराजको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा इन्चार्ज बिन्दुले, इमानदार र क्रान्तिकारी शक्तिले देशको नेतृत्व नगर्ने हो भने देश नै नरहने अवस्थामा पुगेकाले पार्टी चुनावमा जानु परेको बताइन् । एकीकृत जनक्रान्ति नेपालको मौलिक क्रान्ति भएकाले पार्टी संसदवादमा भासिने हो की भन्ने चिन्ता गर्नै नपर्ने विचार राखिन् । सो बैठकमा सेक्रेटरी विराजले क्रान्ति पूरा गर्न सबै पार्टी पंक्ति एक ढिक्का भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।         

बैठकले पार्टीको १२ औँ केन्द्रीय समितिले बनाएको याेजनालाई कार्यान्वयन गर्ने, स्थानीय निर्वाचनमा एमसीसी विरोधी स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने, दलाल संसदीय व्यवस्थाको भण्डाफाेर गर्ने र जनमत संग्रहको वातावरण तयार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :