काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीको काठमाडौँ, ललितपुर र भक्तपुरद्वारा आयोजित राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिएका छन् । नेकपाको बाह्रौँ केन्द्रीय समितिको बैठकको निर्णय सम्प्रेषण गर्ने उद्देश्यले राजनीतिक–वैचारिक प्रशिक्षण आयोजना गरिएको हो ।
उपत्यकाभित्र र धादिङ जिल्लाका नगर समिति सदस्यसम्मको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि पार्टी महासचिव विप्लवले अन्तर्राष्ट्रिय परिस्थिति, एमसीसी सम्झौता, संसदीय व्यवस्थाको भण्डाफोर, पार्टी महाधिवेशन र स्थानीय चुनावसम्बन्धी पार्टीको कार्यनीतिबारे कार्यकर्तालाई स्पष्ट पारे ।
नेकपा काठमाडौँका इन्चार्ज प्रज्वल अध्यक्ष रहेको उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय समिति सदस्य हितमानले गरेका थिए भने केन्द्रीय समिति सदस्य शरदले स्वागत मन्तव्य राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्