बैतडी: नेपाल कम्युनिस्ट पार्टी बैतडीले सुर्नयामा डम्बर अवस्थीको श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी बैतडीद्वारा आयोजित श्रद्धाञ्जली सभामा पार्टी सचिव राम सिँह कुवर प्रमुख अतिथि रहेका थिए । श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अतिथि कुवरले डम्बर अवस्थीको हत्यामा संलग्न बाँकी हत्याराहरुलाई सम्बन्धित निकायले कार्बाही नगरेको र उल्टै संरक्षण गरिराखेको भन्दै त्यस्ता हत्याहरुलाई पार्टीले कुनै हालतमा पनि नछाड्ने प्रतिबद्धता व्यक्त गरे । गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पौष २८ गते फेला परेको थियो । डम्बरको हत्यामा संलग्नमध्ये हरिस अवस्थी, नवराज अवस्थी बैतडी करागार छ्न् भने रमाकान्त अवस्थी, गोपाल अवस्थी ५० हजार धराैटीमा छोडिएका छ्न् कार्यक्रममा पार्टी जिल्ला सदस्य मानदेव धानुक अखिल (क्रान्तिकारी) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र धामी, श्रमिक संगठन नेपाल बैतडी जिल्ला अध्यक्ष करण सार्की, जनपत्रकार संगठन नेपाल बैतडी जिल्ला संयोजक पुस्कर विष्ट, सुनर्या गाउँपालिका सचिव अम्बादत्त अवस्थी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्