नेकपा उदयपुरद्वारा पुर्ण बहादुर खत्रीप्रति हार्दिक श्रद्धाञ्जली

नेकपा उदयपुरद्वारा पुर्ण बहादुर खत्रीप्रति हार्दिक श्रद्धाञ्जली

उदयपुर: नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति उदयपुरले पुर्ण बहादुर खत्री (खेताला) बाको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले शाेक वक्तव्य जारी गरि उदयपुरको कम्युनिस्ट आन्दोलनका धरोहर पुर्ण बहादुर खत्री खेताला बाको निधनप्रति दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उदयपुर कटारी नगरपालिका वडा नं. १० सोरुङ्ग छबिसे वरडाँडामा जन्मिएका खेताला बा देश र समाजको आमूल परिवर्तन र जनताको अधिकारको लागि निर्वाह गर्नु भएको अमुल्य योगदानको उच्च सम्मान गर्दै मृतक बुवा पुर्ण बहादुर खत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।

साथै यस दुःखद घडिमा शोकमा रहनु भएका सम्पूर्ण आफन्तजनमा गहिरो समवेदना अर्पण गर्दछौँ नेकपा जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलद्वारा हस्ताक्षरित शोक वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :