रामेछापमा एक बालिकालाई क्रुर यातना दिएको घटनाप्रति श्रमिक समुदाय माेर्चाद्वारा घोर विरोध एवम् भत्र्सना

रामेछापमा एक बालिकालाई क्रुर यातना दिएको घटनाप्रति श्रमिक समुदाय माेर्चाद्वारा घोर विरोध एवम् भत्र्सना

श्रमिक समुदाय माेर्चा नेपालले रामेछापमा १२ वर्षिय बालिका सरिता नेपालीलाई  क्रुर यातना र जातीय विभेद तथा छुवाछुतको घटनाप्रति घोर विरोध एवम् भत्र्सना गरेको छ ।
श्रमिक समुदाय माेर्चा नेपालका संयाेजक विक्रम नेपालीले प्रेस विज्ञप्ति जारी गरी रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ६ मा गत फागुन ३०  गते १२ वर्षिय श्रमिक समुदाय (दलित) बालिका सरिता नेपालीलाई कथित उच्च जातको घरभित्र पसी दही चोरेको निहुँमा घरधनी शेर बहादुर श्रेष्ठ र नीजकी श्रीमतीले बालिकालाई पिँढीको ठाममा बाँधेर सिस्नोपानी र लाठीले करिब २१ घण्टा रातभरी यातना दिइएको घटनाको घाेर विरोध गर्दै घटनामा कुटपिटमा सम्लंग्न दाेषीलाई कानुनी कार्वाही र पीडितलाई उचित न्याय दिलाउन जोडदार माग गरेका छन् ।

विज्ञप्तिमा भनिएकाे छ, `यस घटनामा शरीर बन्धक बनाई कुटपिट मुद्दा आकर्षित हुने भएकोले सोही बमोजिम कानुनी कार्वाही र पीडितलाई उचित न्याय दिलाउन जोडदार माग गर्दछौँ ।´ 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :