खीनाकुमारी पंज्ञानीप्रति अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्वारा श्रद्धाञ्जली

खीनाकुमारी पंज्ञानीप्रति अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्वारा श्रद्धाञ्जली

काठमाडौँ: प्रगतिशील कवि मित्रलाल पंज्ञानीलाई मातृशोक परेको छ । कवि पंज्ञानीकी आमा खीनाकुमारी पंज्ञानीको माघ १२ गते ८१ वर्षको उमेरमा निधन भएको हो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामाले शोक वक्तव्य जारी गरी खीनाकुमारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट कवि पंज्ञानीलगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

लामाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष र अखिल नेपाल लेखक सङ्घका अध्यक्ष एवम् इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव कवि मित्रलाल पंज्ञानीकी ममतामयी आमा खीनाकुमारी पंज्ञानीको यही २०७८ साल माघ १२ गते ८१ वर्षको उमेरमा भएको असामयिक निधनले हाम्रो सङ्गठन स्तब्ध र दुखित भएको छ । यस दुःखद् घडीमा हाम्रो सङ्गठन आमा खीनाकुमारी पंज्ञानीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोकको यस घडीमा कवि मित्रलाल पंज्ञानीलगायत शोकसन्तप्त परिवारजनमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समिति हार्दिक समवेदना प्रकट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :