अखिल (क्रान्तिकारी) को आयोजनामा झापामा वक्तृत्वकला कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) को आयोजनामा झापामा वक्तृत्वकला कार्यक्रम सम्पन्न

झापाः अखिल (क्रान्तिकारी) द्वारा जिल्लाको जनआदर्श माध्यमिक विद्यालयमा देश विकासमा युवा विद्यार्थीहरूको भुमिका शिर्षकमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।

“वैज्ञानिक समाजवादी शिक्षा र व्यवस्था प्राप्तिका लागि जनमत संग्रह” भन्ने मूल नारासहित अखिल (क्रान्तिकारी) को अभियानका क्रममा १ नं. प्रदेश अन्तर्गत झापाको जनआदर्श माध्यमिक विद्यालयमा रहेको अखिल (क्रान्तिकारी) मुल ईकाई समितिद्वारा आयोजित उक्त कार्यक्रममा संगठनका प्रदेश १ इन्चार्ज पुष्प न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा नेपाल कम्युनिस्ट पार्टी झापाका कार्यालय सचिव एवम् अखिल (क्रान्तिकारी) झापाका फ्याक्सन इन्चार्ज सञ्जय राई अतिथिहरूमा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्र सिटौला, विद्यालयका शिक्षक रेवत हरी दाहाल, संगठनका झापा जिल्ला उपाध्यक्ष सन्जय राजवंशी, झापा जिल्ला सदस्य उज्वल खड्का, कुशल तिमिल्सिना, सहसचिव कविर देव लगायतको उपस्थिति रहेको थियो ।

जानुका आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) जनआदर्श माध्यमिक विद्यालय मुल इकाई समितिको अध्यक्ष रोजिना सिवाकोटीले गरेकी थिइन् । वक्तृत्वकलामा कुशल तिमिल्सिना प्रथम, केशव राजवंशी द्वितीय र जोस्ना राजवंशी तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

कार्यक्रममा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् प्रदेश नं. १ का इन्चार्ज पुष्प न्यौपानेले वैज्ञानिक शिक्षाका लागि जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य रहेको बताउँदै यसका लागि विद्यार्थीहरूले जस्तोसुकै संघर्ष गर्न तयार रहनुपर्ने उल्लेख गरे । उनले विद्यार्थी नेपाली राजनीतिक क्षेत्रमा परिवर्तनको आधार रहेको उल्लेख गर्दै भ्रष्टाचार, बेथिति, विसंगति लगायतका विरुद्ध निरन्तर संघर्ष गर्न आह्वान गरे ।

कार्यक्रममा विद्यालयका तर्फबाट मन्तव्य राख्दै शिक्षक रेवत हरी दाहालले विद्यार्थीहरूको क्षमता विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरूको आवश्यकता रहेको भन्दै अझै यस्ता विभिन्न कार्यक्रमहरू गर्नुपर्ने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :