बुद्ध एयर प्रा.लि.मा महासंघको ध्यानाकर्षणपत्रः श्रमिकहरुको पारिश्रमिक कटौती नगर्न माग

बुद्ध एयर प्रा.लि.मा महासंघको ध्यानाकर्षणपत्रः श्रमिकहरुको पारिश्रमिक कटौती नगर्न माग

नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आज बिहान बुद्ध एयर प्रा.लि.मा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघको देशैभर जारी श्रमिक जागरण अभियानको क्रममा बागमती प्रदेश अन्तर्गत उपत्यका विशेष समितिले उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।

पछिल्लो समय बुद्ध लगायत एयर लाएन्स कम्पनीहरुमा श्रमिक तथा कर्मचारीहरुले नेपाल सरकारद्वारा व्यवस्था गरिए बमोजिम मासिक पारिश्रमिक, भत्ता र सेवा सुविधाहरु नपाएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त प्रा. लि. मा कार्यरत विभिन्न श्रमिक कर्मचारीहरुले आफ्नो पारिश्रमिक लगायतमाथि गैरन्यायिक रुपमा शोषण भएको, कम्पनिले जथाभावी सरुवा गर्ने गरेको, एयरपोर्ट लगायतका क्षेत्रमा कार्यरत लोडर श्रमिकहरुको ज्याला अत्यन्त न्यून भएको र आफ्नो ट्रेड युनियन हक संरक्षण एवम् सम्बर्धनको सवालमा उचित श्रम अभ्यास प्रावधानमाथि हस्तक्षेप भैरहेको लगायत विषय राखेका थिए ।

पछिल्लो समय अभियानरत महासंघ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ श्रमिकहरुको हक तथा अधिकार विषयमा सशक्त बन्दै संघर्ष चरणको तैयारीमा रहेको बुझिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै बुद्ध एयर प्रा.लि.का कार्यकारी निर्देशक खगेन्द्र बस्नेतले श्रमिक कर्मचारीहरुको हक अधिकारका निमित्त आफ्नो विशेष प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

महासंघको ध्यानाकर्षण पत्रको पूर्ण पाठ-

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :