विभिन्न क्षेत्रका श्रमिकहरुलाई संगठित गर्दै क्रान्तिकारी ट्रेड युनियन महासंघ

विभिन्न क्षेत्रका श्रमिकहरुलाई संगठित गर्दै क्रान्तिकारी ट्रेड युनियन महासंघ

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ पछिल्लो समय जागरण अभियानमा सशक्त देखिएको छ ।

महासंघको बागमती प्रदेश उपत्यका विशेष क्षेत्र अभियान टिमले काठमाडौँका विभिन्न क्षेत्रका मजदुरहरुलाई संगठित गरिरहेको छ । यसैक्रममा कालोपुल स्थित जन्स फेसनमा कार्यरत श्रमिकहरुसँग छलफल गर्दै संगठित गरेको छ । जसमा उद्धव बर्देवाको अध्यक्षतामा १२ सदस्यीय इकाई कमिटी गठन गरेको जनाइएको छ । यससँगै उक्त प्रतिष्ठानमा कार्यरत महिला श्रमिक हरुलाई समेट्दै बबिता मगरको नेतृत्वमा ५ सदस्यीय महिला कमिटी समेत गठन गरेको जनाएको छ ।

महासंघको जारी मजदुर जागरण अभियानका क्रममा उपत्यका विशेष क्षेत्रले सबैजसो क्षेत्रहरुमा संगठन निर्माण गर्दै सदस्यता बितरणलाई तिब्रता दिएको छ ।

त्यसैगरी अखिक नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सञ्चालित मजदुर जागरण अभियानका क्रममा काठमाडौँको रातोपुलस्थित ब्याम्बो कटेज रेष्टुरेन्टमा कार्यरत श्रमिकहरुको इकाई कमिटी गठन गरेको छ । नवगठित उक्त इकाई कमिटीको अध्यक्षमा बिक्की कुँवर, उपाध्यक्ष गणेश कार्की, सचिव दिनेश पौडेल लगायत रहेका छन् ।

अभियान अवधिभर करिब एक हजार सदस्यता बितरणमा केन्द्रीत महासंघको उपत्यका विशेष क्षेत्रले पछिल्लो समयमा गार्मेन्ट तथा टेक्सटायल, होटल तथा रेष्टुरेन्ट र विभिन्न संघसंस्थाका क्षेत्र श्रमिकहरुसँग छलफल गर्दै संगठित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :