युवा संगठन नेपाल सप्तरीको दोश्रो पूर्ण बैठक सम्पन्न

युवा संगठन नेपाल सप्तरीको दोश्रो पूर्ण बैठक सम्पन्न

युवा संगठन नेपाल जिल्ला समिति सप्तरीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकका अध्यक्षता ज्योतिष ,प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा सिराहा, सप्तरी इन्चार्ज बलवान, अतिथिहरुमा जिल्ला सेक्रेटरी बिमला, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा सिराहा, सप्तरी इन्चार्ज मोहनकुमार राम कार्तिक, श्रमिक समुदाय मोर्चाका केन्द्रीय सदस्य दिपेन्द्रको उपस्थिति रहेको थियो ।

बैठकमा सप्तरी जिल्लाका सबै नगर तथा पालिकाहरुमा अभियान सन्चालन गर्ने र कमिटी गठन गर्ने निर्णय गरिएको छ । जिल्लामा कालोबजारी, भ्रष्टाचारी, मिटर ब्याजी तथा सामाजिक विकृति, विसङगती विरुद्ध भन्डाफोर गर्ने निर्णय समेत गरेको छ । बैठकमा प्रमुख अतिथि बलवानले प्रशिक्षणत्मक मन्तव्य तथा उर्जाशिल युवाहरुलाई संगठनमा संगठित गर्न सबै युवाहरुलाई अपिल गरे । सेक्रेटरी बिमलाले पार्टीको नीतिहरुको बारेमा प्रष्ट पारे ।

मोहनले संगठनका आगामी कार्यक्रमहरु र अभियानका बारेमा प्रष्ट पारे । संगठनका केन्द्रीय निर्णय र बैठकबाट निर्णय भएका निर्णय हुबहु लागू गर्न सबैलाई निर्देशन गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :