विभिन्न पार्टी परित्याग गरी २९ जना नेकपामा प्रवेश, कागेश्वरी मनोहरा नगर कमिटीद्वारा स्वागत

विभिन्न पार्टी परित्याग गरी २९ जना नेकपामा प्रवेश, कागेश्वरी मनोहरा नगर कमिटीद्वारा स्वागत

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी काठमाडौं कागेश्वोरी मनोहरा नगर कमिटीले पार्टीको आठौं पार्टी पुनर्गठन दिवसको अवसरमा पार्टी ध्रुवीकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २९ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

कागेश्वरी नगर इन्चार्ज ध्रुव केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ इन्चार्ज माइला लामाले पार्टीमा ध्रुवीकृत भएर आउनेहरुलाई खाँदा ओढाएर टिका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा अन्य अतिथिहरुमा नेपाल कम्युनिष्ट पार्टी काठमाडौँका जिल्ला सेक्रेटरी तुलसी नारायण महर्जन, पार्टीका बुढानिलकण्ठ इन्चार्ज हरि खड्का, अनेम संघ क्रान्तिकारी काठमाडौं संयोजक करिश्मा खरेलको उपस्थिति थियो । नगर सेक्रेटरी दिप तामङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :