बन्दको समापनसँगै नेकपाद्वारा पाेखरामा र्याली, रिहा भएका नेताकार्यकर्तालाई भव्य स्वागत

बन्दको समापनसँगै नेकपाद्वारा पाेखरामा र्याली, रिहा भएका नेताकार्यकर्तालाई भव्य स्वागत

नेपाल कम्युनिष्ट पार्टी कास्कीले नेपाल बन्दको समापनसँगै विशाल र्याली सम्पन्न गरेको छ । पृथ्वी चोकबाट शान्तिपूर्ण रुपमा सुरु भएको र्याली हल्लनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालिमा उत्साहित रुपमा नेताकार्यकर्ता र आम जनसमुदायको सहभागिता रहेको थियो । र्यालिमा पेट्रोलियम पदार्थमा गरिएको मुल्याबृद्धि खारेज गर, बढ्दो महँगी नियन्त्रण गर, जनता लुट्न पाइदैन, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद लगायतको नारा लगाइएको थियो ।

साथै बन्दमा प्रहरीले गिरफ्तार गरेका नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कार्यलय सचिव काजी गुरुङ, अखिल (क्रान्तिकारी) पोखरा क्याम्पस जिल्लाका उपाध्यक्ष युवराज मगर, युवा संगठन नेपालका सदस्य शंकर शर्मा करिब ५ बजेपछि रिहा भएलगत्तै सयौँको सङ्ख्यामा रहेका नेताकार्यकर्ताले स्वागत समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :