पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तथा महङ्गी विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको पूर्व सन्ध्यामा आज देशभर मसाल जुलुस भएका छन् । यसैक्रममा नेपाल बन्दको पूर्वसन्ध्यामा काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुस गरेको पार्टी स्रोतले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाको क्षेत्रपाटीमा, दक्षिणकाली नगरपालिकाको फर्पिङ बजारमा, चन्द्रागिरी नगरपालिकाको थानकोटमा, नागार्जुन नगरको डाडापौवा, तारकेश्वर नगरको सेषमती, टोखा नगरपालिकाको टोखा बजार मसाल जुलुस गरेको छ ।
त्यसैगरी बुढानिलकण्ठको कपन क्षेत्रमा, साँखु नगरको साँखु बजारमा बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस गरेको छ । मसाल जुलुसपछि भएको कोणसभाहरुमा बोल्ने वक्ताहरुले भोलिको नेपाल बन्द सबैको सरोकारको विषय भएकाले बन्दलाई सफल पार्न सबैलाई आग्रह गरेका छन ।