मूल्यबृद्धि विरुद्ध उदयपुर र सिन्धुलीमा विरोध प्रदर्शन

मूल्यबृद्धि विरुद्ध उदयपुर र सिन्धुलीमा विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी उदयपुरले देशभर पेट्रोलियम पदार्थ र खाद्यान्न वस्तुमा गरेको चरम मूल्यबृद्धि विरुद्ध गाईघाटमा विरोध प्रदर्शन गरेको छ । मेन चोकबाट र्यालीसहित बजार परिक्रमा गरि विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा नेकपा त्रियुगा नगर सेक्रेटरी देहज विष्टले गरेका थिए ।

सरकारले केहीदिन अघि गरेको पेट्रोलियम पदार्थको अत्याधिक मूल्यबृद्धिको विरुद्धमा नेकपाले विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शन कार्यक्रमलाई नेकपा त्रियुगा नगरपालिका इन्चार्ज मीन प्रसाद पोखरेलले सम्बोधन गरेका थिए कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुल्यबृद्धि खारेज नहुँदासम्म आफ्नो पार्टीले सङ्घर्ष जारी राख्ने र गरिखाने वर्गलाई एक छाक टार्न मुस्किल परिरहेको भन्दै मूल्यबृद्धि फिर्ता नगरिए सडकबाटै आन्दोलनको आधिबेहरी सिर्जना गर्ने चेतावनी दिएका थिए ।                                                  त्यसैगरी पार्टीको केन्द्रिय कार्यक्रम अनुसार नेपाल कम्युनिस्ट पार्टी सिन्धुली मरिण गाउँ कमिटीले पनि पेट्रोलियम पदार्थ, भारतीय दमन र अतिआवश्यक वस्तुमा लगाएको मूल्य बृद्धि विरुद्ध युवाहरुले विरोध प्रदर्शन गरेका छन् । मूल्य बृद्धि फिर्ता गर, भारतीय दमन मूर्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद,
एकीकृत जनक्रान्ति जिन्दावाद लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :