महासचिव विप्लवलाई दलित मोर्चाद्वारा धनगढीमा स्वागत

महासचिव विप्लवलाई दलित मोर्चाद्वारा धनगढीमा स्वागत

धनगढी : नेपाल कम्युनिस्ट पार्टीका माहासचिव विप्लवलाई दलित मुक्ति मोर्चा, नेपाल पाँचौँ राष्ट्रिय सम्मेलन आयोजक समितिले कैलालीको धनगढीमा फुलमालासहित स्वागत गरेको छ ।

यहि २७ गते धनगढी पार्कमोडमा हुने राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि महासचिव विप्लव धनगढी आइपुगेका हुन् । उक्त स्वागत कार्यक्रममा मोर्चाका केन्द्रीय अध्यक्ष, उपाध्यक्ष, महासचिव र पार्टी केन्द्रीय सदस्यहरू लगायत नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कात्तिक २७ गते धनगढीमा हजारौँ जनताको उपस्थितिमा कलाकार, बाजागाजा र र्याली पश्चात एक भव्य समारोह बीच हुने सम्मेलनलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गर्नेछन् । सम्मेलन सम्बन्धी राजनीतिक–वैचारिक, सङ्गठनात्मक, प्रचारात्मक र व्यवस्थापकीय तयारी पूरा भैइसकेको आयोजकले जनाएको छ ।

सो सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक र प्रवास भारतबाट गरि करिव ३५० जनाको उपस्थिति हुनेछ । विभिन्न राजनीतिक पार्टी निकट दलित सङ्घ-सङ्गठनहरू र भारतीय दलित सङ्गठन, नेकपा निकट विभिन्न जनवर्गीय सङ्गठन र मोर्चाहरूलाई उद्घाटनमा आतिथ्यताका लागि निमन्त्रणा गरिएको छ ।

उक्त सम्मेलनमा दलित मुक्ति आन्दोलनको समीक्षासहित नयाँ विचार, राजनीतिक कार्यदिशा, सङ्गठनको नयाँ नाम र संरचना, नीति–कार्यक्रम एवम् सङ्घर्षको स्वरुपबारे बहस र संश्लेषण हुनेछ । दलित समुदायमाथि राज्यद्वारा हजारौँ वर्षदेखि हुँदै आएको विभेद, शोषण, दमन, उत्पीडन र बहिस्करण विरुद्ध सङ्घर्षरत यस मोर्चाले अहिलेको दलाल संसदीय व्यवस्थामा आमूल परिवर्तन गरि वैज्ञानिक समाजवाद स्थापना भएपछि मात्र यो समुदायको पूर्ण मुक्ति सम्भव हुने भन्दै यसका लागि कम्युनिस्ट पार्टीको नेतृत्वमा वर्गसङ्घर्ष र एकीकृत दलित आन्दोलन आजको अपरिहार्य आवश्यकता रहेको मोर्चाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :