नेपाल कम्युनिष्ट पार्टी झापाले जिल्ला समिति सदस्य तथा अर्जनुधारा नगरपालिका इन्चार्ज दिपक कुरुम्बाङको छोरा युन्छोहाङ कुरुम्बाङको कार्तिक २२ गते भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका जिल्ला इन्चार्ज सुमन र सेक्रेटरी प्रशान्तले शोक वक्तव्य जारी गर्दै जिल्ला सदस्य दिपक कुरुम्बाङको छोरा युन्छोहाङ कुरुम्बाङको भएको असामयिक निधनले पार्टीलाई स्तव्ध बनाएको भन्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्