नेता वीरजंङ्गको स्मृतिमा नेकपा दाङद्वारा श्रद्धाञ्जली सभा

नेता वीरजंङ्गको स्मृतिमा नेकपा दाङद्वारा श्रद्धाञ्जली सभा

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । नेकपा दाङले पार्टीका केन्द्रीय सदस्य नेता वीरजङ्गको १३ औँ दिनको स्मृतिमा जिल्लाका विभिन्न पालिकामा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

२०१७ साल फागुन ७ गते रोल्पाको इरिवाङमा जन्मेका चन्द्रबहादुर चन्दको स्वास्थ उपचारकै क्रममा २०७८ साल असोज २८ गते निधन भएको थियो । नेता वीरजङ्गको असामायिक निधनले क्रान्तिमा अतुलनीय क्षति पुगेको जिल्ला पार्टी कार्यालय सदस्य एवम् घोराही उप–महानगरपालिकाका इन्चार्ज तिलकले श्रद्धाञ्जली कार्यक्रममा बताए ।

दाङ जिल्ला अन्तर्गतका बिभिन्न पालिकामा आयोजित श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरूले शोकलाई शक्तिमा बदलेर वीरजङ्गले देखेका क्रान्तिका बाँकी अधुरा कार्यभार पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :