रुकुम, पश्चिम : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। विहिवार सदरमुकाम मुसिकोट खलंगामा सम्पन्न भएको सम्मेलनले अनिता बिककाे अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसकाे उपाअध्यक्षमा बिमला वली, सचिबमा तुलसा पौडेल, कोषाध्यक्षमा मिना खड्का, सह-सचिबमा बिमा बिक चयन भएका छन् । यस्तै अन्य सदस्यहरुमा मेनुका ओली, झरणा, जमुना, सरु, सिमा लगायत छन् । उक्त सम्मेलनमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सम्मेलनका अन्य अतिथिहरुमा नेकपाका रूकुम इन्चार्ज डिल्लीराज शर्मा ‘बिश्व’ जिल्ला सेक्रटरी चन्द्र ई-रातो खबर डटकमका सम्पादक अम्बिका चन्द लगाएत रहेका थिए ।
![अनेमसंघ क्रान्तिकारी रूकुमको प्रथम जिल्ला सम्मेलन सम्पन्न](https://eratokhabar.com/wp-content/uploads/2021/10/244931943_272460178214969_740398827177687078_n.jpg)
प्रतिक्रिया दिनुहोस्