युवा संगठन नेपाल, तुलसीपुरकाे वडा भेला सम्पन्न

युवा संगठन नेपाल, तुलसीपुरकाे वडा भेला सम्पन्न

दाङः नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल तुलसीपुर उपमहानगरपालिका ३ नं. वडा कमिटीको प्रथम वडा भेला बिहीबार एक कार्यक्रमका बिच तुलसीपुर ३ दमारगाउँमा सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष डम्बर नेपालीको अध्यक्षता एवम पार्टीका तुलसीपुर उपमहानगर इञ्चार्ज विकासको प्रमुख आतिथ्य तथा पार्टी दाङ जिल्ला कमिटी सदस्य विजय मल्लको विशिष्ट आतिथ्यमा वडा भेला सम्पन्न हो । भेलामा जनपत्रकार संगठनका दाङ जिल्ला सहसचिव दोर्ण केसी, युवा संगठन नेपाल दाङका इन्चार्ज मनोज, अखिल (क्रान्तिकार्री) दाङ जिल्ला अध्यक्ष अमर, युवा संगठन नेपाल दाङ जिल्ला सचिव सुदर्शन, नेकपा तुलसीपुर उपमहानगरपालिका ३ नं. वडा कमिटीका सेक्रेटरी बालकृष्ण, पार्टीका द्वय नगर कमिटी सदस्य सीता, शिवु लगायतको सहभागिता रहेको थियो ।

प्रथम वडा भेलाले डम्बर विकको अध्यक्षतामा पछि थप गर्ने गरि २१ सदस्यीय युवा संगठन नेपाल तुलसीपुर उपमहानगरपालिका ३ नं. वडा कमिटी विस्तार गरेको छ । भेलाको सहजीकरण युवा संगठन नेपाल दाङ जिल्ला सहसचिव अजय दुलालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :