युवा संगठन नेपाल, बैतडीको जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल, बैतडीको जिल्ला सम्मेलन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल बैतडीको जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ । सम्मेलनले दानसिंह धामीको नेतृत्वमा ४१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका जिल्ला सचिव लक्ष्मण थिए भने विशिष्ट अथिति युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा सेती महाकाली इन्चार्ज श्याम भट्ट थिए ।
अन्य अतिथिहरु युवा सेती महाकाली सदस्य लोकेन्द्र धामी लोकेश, जिल्ला कमिटी सदस्य शिशिर, महासागर, अग्रिम, अखवर, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य सुरेन्द्र धानुक, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सुरेन्द्र धामी, सहिद परिवारबाट अम्बादत्त अवस्थी, झलकमान लुहार थिए ।

कार्यक्रमका प्रमुख अतिथि बैतडी जिल्ला सचिव लक्ष्मणले मतब्य राख्दै युवाहरूलाई नयाँ विचारको थालनी गर्दै युवाहरुको काँधमा जिम्मेवारी थपिएको बताए । साथै संसदिय व्य वस्थाका विरुद्धमा युवाले एक भएर संघर्ष गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय स्वाधीनताको रक्षाको लागि राष्ट्रियता, जनतन्त्र, जनजीविका सवालमा, सिमाको सवालमा, समाजमा हुने हरेकखाले विकृति विसङ्तिका विरुद्धमा र परिवर्तनको पक्षमा युवाहरुले गोलबन्ध भएर एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक सामाजवादी व्यवस्थाका लागि लडनु पर्ने बताए ।

यस्तै विशिष्ट अतिथि संगठनका सेती महाकाली इन्चार्ज श्याम भट्टले युवा भनेको फलामको चिउरा चपाइ सक्ने खालको हुनुपर्ने बताए । दलाल पुजीवादी सत्ताले जबर्जस्ती गरेर एमसीसी लागु गर्न खोजेमा एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने बैतडी जिल्लाका संसदको हात काट्न पछि नपर्ने नवगठित युवाहरूलाई निर्देशन गरे । साथै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि यो नयाँ निवाचित जिल्ला कमिटीलाई डटेर लाग्नु पर्ने समेत बताए ।

अखिल (क्रान्तिकारी)का बैतडी जिल्लाअध्यक्ष सुरेन्द्र धामीले जबसम्म वैज्ञानिक समाजवादी व्यवस्था लागु हुदैन तबसम्म नेपाली युवाहरुले सुख, शान्तिसँग बस्न नसक्ने बताए । कार्यक्रमको संचालन सुरेन्द्र बिष्टले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :