युवा संगठन नेपाल इलामको प्रथम जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा विद्रोही

युवा संगठन नेपाल इलामको प्रथम जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा विद्रोही

इलामः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल इलामको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले मदन गजमेर बिद्रोहीलाई अध्यक्ष निर्वाचित गर्दै २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै युवा संगठनका मेची र कोशी ब्युरो संयोजक सुवास राई, पार्टीका इलाम जिल्ला सेक्रेटरी जितमान राई मौसम र जिल्ला समितिका सदस्यहरु अतिथी रहेका थिए । सम्मेलनमा बोल्दै सुमनसिंहले इलाममा शहिदहरुको रगत , घाइते अपाङ्ग योद्दाहरुको योगदान र आम इलामेली जनताको सपना जिंउदो रहेको स्मरण गर्दै यसको बलमा कायम रहेको कम्युनिस्ट जनमतलाई संसदवादी कम्युनिस्टहरुले भंजाएर खाइरहेको तर अब जनताको पार्टी जनताको बिचमा आइसकेको हुनाले जनता झुक्याउन नदिने उद्घोष गरे । उनले भने – “सुवास नेम्वाङ्ग , र झलनाथ खनालहरुले इलामेली जनताको कम्युनिस्ट सपनालाई गुमारोहमा राख्नु भएको छ , अब हामी यो हुन दिंदैनौ ।”

युवाहरुलाइ सम्बोधन गर्दै सुमनसिंहले बलिदानमा उभिएको हाम्रो पार्टी जनताको मुक्तिदाता भएको हुनाले आफ्नो कुरा शान्तिपूर्ण ढङ्गले जनतामा लिएर जाने काम अब युवाहरुको रहेको बताए । जनताको कुरा शान्तिपूर्ण रुपमा भन्ने संभावनालाई दबाएको दिन बलिदानीपूर्ण संघर्षको निम्ति आफुहरु तयार भएर बस्नु पर्ने बताए । उनले अब युवाहरुको कांधमा क्रान्तिको धेरै ठूलो अविभारा आएको निर्वाचित कमिटीले इलामेली युवाहरुलाई रास्ट्र र जनताको पक्षमा लड्ने नेतृत्व प्रदान गर्ने विश्वास ब्यक्त गर्दै सफलताको शुभकामना ब्यक्त गरे ।

युवा संगठनका नेता सुवास राई, पार्टीका जिल्ला सचिव मौसम, अनेमसंघ क्रान्तिकारीकी जिल्ला संयोजक मुनाले समेत शुभकामना ब्यक्त गरेका छन । सम्मेलनको संचालन विनोद मगरले गरेका थिए । निर्वाचित कमिटीका सम्पूर्ण सदस्यहरुलाई संगठनका नेता सुवास राईले सपथग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :