काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौँमा केहीबेरमा एमसीसीविरुद्ध आमसभा सुरु हुँदैछ ।
काठमाडौँका ३ ठाउँबाट विशाल जुलुस सुरु भएको छ । काठमाडौँका त्रिपुरेश्वर, लैनचौर र बबरमहलबाट जुलुस निस्किसकेका छन् । तीनवटा जुलुसलाई नेकपाका तीनजना सचिवालय सदस्य सुदर्शन, कञ्चन र विषमले नेतृत्व दिएका छन् ।
केहीबेरमै तीनवटै जुलुस सुन्धारामा केन्द्रित भएर पार्टी महासचिव विप्लवको नेतृत्वमा खुलामञ्चतर्फ सभाका लागि अघि बढ्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्