खुलामञ्चमा एमसीसीविरुद्ध विशाल जनसभा सुरु हुँदै

खुलामञ्चमा एमसीसीविरुद्ध विशाल जनसभा सुरु हुँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध आज आयोजना गरेको जनसभा केहीबेरमै काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ । जनसभामा सहभागी हुन त्रिपुरेश्वर, लैनचौर र बबरमहल तीन स्थानबाट निस्किएको जुलुस सुन्धारामा एकत्रित भएर खुलामञ्च प्रवेश गरिसकेको छ ।

त्रिपुरेश्वरबाट निस्किएको जुलुसको नेतृत्व नेकपा केन्द्रीय सचिवालय सदस्य सुदर्शन, लैनचौरबाट निस्किएको जुलुसको नेतृत्व कञ्चन र माइतीघरबाट निस्किएको जुलुसको नेतृत्व विषमले गरेका थिए । तीनवटै जुलुस सुन्धारा पुगेपछि संयुक्त जुलुसको नेतृत्व पार्टी महासचिव विप्लवले गरेका थिए ।

अब केहीबेरमै औपचारिक कार्यक्रम सुरु हुने जानकारी आयोजकले दिएका छन् । सभामा सम्बोधनका लागि विभिन्न राजनीतिक पार्टीका नेताहरूसमेत खुलामञ्चमा आइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :