नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जनसंगठन तथा जनसेवा अभियानको आज समिक्षा बैठक सम्पन्न गरेको छ । जिल्लाको नगर, गाउँपालिका समिति इन्चार्ज, सेक्रेटरी र जनवर्गीय संगठनका जिल्ला संयोजक, अध्यक्षहरुसहितको समिक्षात्मक बैठक जिल्ला सेक्रेटरी लक्ष्मन पौड्यालको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा उदयपुर, ओखलढुंगा इन्चार्ज विवेक कुमालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
बैठकका प्रमुख अतिथि विवेक कुमालले बैठकमा उठेका विषयहरुमा स्पस्ट पार्दै यतिबेला संकटमा रहेको यो दलाल संसदिय व्यवस्थाले देशलाई निकास दिन नसक्ने बताए । संसदिय व्यवस्थाले देशलाई झन् संकटमा पारिरहेको र यो व्यवस्थाले हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, कमिसनखोरीलाई पक्षपोषण गर्ने र जनतालाई शोषण, दमन गर्ने भएकाले अब देशलाई संकट मुक्त गर्न संयुक्त जनप्रगतिशिल सरकार र जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद निर्माण गर्ने आजको बाटो नै अपरिहार्य भएको बताए । उनले भने, `समाजवादले नै जनताका समस्यालाई समाधान गर्छ स्वास्थ, शिक्षा, रोजगार जस्ता आधारभूत कुराहरूको राज्यले ग्यारेन्टी गर्छ, वैज्ञानिक समाजवाद निर्माणको लागी जनमत संग्रह जानु पर्छ ।` जनमत सङ्ग्रहको एजेन्डालाई जनतामा व्यापक बहस चलाउन सबै सदस्यहरुलाइ निर्देशन गरे ।
बैठकका अध्यक्ष तथा जिल्ला सेक्रेटरी लक्ष्मण पौड्यालले पार्टीको विचार सबै जनताको माझ पुर्याइ जनतालाई संगठित गरेर छिट्टै नेपालमा वैज्ञानिक समाजवाद स्थापना हुने विश्वास व्यक्त गरे । राज्यसत्ताको भ्रुण भएको पार्टीलाई आत्मनिर्भर बनाउन नेता कार्यकर्तालाइ श्रम उत्पादनमा जोड्ने, पार्टी नीतिलाई दह्रोसँग पकड्ने र त्यसले देश, जनतालाई आत्मनिर्भर र स्वाधीनता बनाउने बताए ।
बैठकका अध्यक्ष लक्ष्मण पौड्यालले सबै सदस्यहरुलाई आआफ्नो कार्यक्षेत्रमा काडाईकापूर्वक काम गर्न निर्देशन गर्दै बैठक समापन गरे ।