नेकपा बागलुङद्वारा भ्रामक समाचारको खण्डनसहित ध्यानाकर्षण

नेकपा बागलुङद्वारा भ्रामक समाचारको खण्डनसहित ध्यानाकर्षण

बागलुङः नेपाल कम्युनिस्ट पार्टी बागलुङले भदौ १४ गते बेपत्ता दिवसको अवसर पारी केही मिडियाकर्मीले सुशिला शर्मा बेपत्ताको सुचिमा राखि ने.क.पा. वैकल्पिक केन्द्रीय सदस्य टेक बहादुर केसी आजाद लगायत अन्यको नाम जोडी भ्रामक समाचारको खण्डनसहित ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी आकाशले खण्डन गरेकाे बारे  विज्ञप्ति जारी गरी बेपत्ता भनिएकी सुशिला शर्मा लामो समयदेखि गलकोट नगरपालिका वडा नं. १ मा विवाह गरि २ बच्चासहित बस्दै आएको कुरा अवगत गराएका छन् ।

साथै विज्ञप्तीमा भनिएकाे छ, `बेपत्ता भनिएकी महिला आज भन्दा १० वर्ष अगाडि नै बेपत्ता नभएको कुरा पुष्टि भएको थियाे तर अचानक अहिले पुनः द्वन्दकालिन मुद्दालाई तथ्यहिन, अनरगल, कुप्रचारबाजीहरुकाे एउटा झुन्डले डलर प्राप्तिको लागि खेती गर्न खोजेको कुराप्रति हाम्रो नेपाल कम्युनिस्ट पार्टी बागलुङले खेद प्रकट गर्दछ । साथै कोही कसैले हाम्रो नेताकार्यकर्ताको तथ्यहिन, अनरगल कुप्रचार गर्ने डलरवादीहरुलाई उचित सजाय जनताले दिने कुरा समेत अवगत गराउँदछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :