नेकपा पाल्पा, गुल्मीको पाँच दिने संयुक्त स्कुलिङ्ग उद्घाटन

नेकपा पाल्पा, गुल्मीको पाँच दिने संयुक्त स्कुलिङ्ग उद्घाटन

पाल्पाः नेपाल कम्युनिस्ट पार्टी पाल्पा र गुल्मीको जिल्ला स्तरीय पाँच दिने संयुक्त स्कुलिङ्ग आजबाट पाल्पाको तानसेनमा शुरु भएको छ । पछिल्लो समय नामधारी कम्युनिस्ट मात्रै बिगबिगी भएकोले आम पार्टी कार्यकर्ता एवम् नेताहरुमा कम्युनिस्ट दृष्टिकोण र यसको मर्मलाई व्यवहारत जिवित राख्न उक्त कम्युनिस्ट स्कुलिङ्ग संचालन गरिएको आयोजक समितिले बताएको छ ।

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नयाँ पिढीलाई कम्युनिस्ट दृष्टिकोणमा बदलेर कम्युनिस्ट दृष्टिकोण व्यवहारिक सफलता, रक्षा र नेतृत्व विकासका निम्ति जोड दिन स्कुलिङ्ग संचालन गरिएको बताइएको छ । स्कुलिङ्ग कार्यक्रमलाई उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुल विभाग प्रमुख भेषराज भुसालले नेता कार्यकर्ताहरुलाई वैचारिक स्तर उठाउन स्कुलिङ्ग आवश्यकताको महत्त्वलाई जोड दिएका थिए ।

यस्तै स्कुलिङ्गमा वैज्ञानिक अर्थशास्त्र स्कुल विभाग प्रमुख भेषराज भुसाल, दर्शन विषयमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुल विभाग सदस्य लालबहादुर बिसी र वैज्ञानिक समाजवाद र सौदर्य शास्त्र विषयमा अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय महासचिव तथा स्कुलिङ्ग विभाग सदस्य खेम थपलियाले प्रशिक्षण हुनेछ । यस्तै उक्त स्कुलिङ्ग उद्घाटन सत्रको संचालक तथा अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी प्रभातले गरेका थिए भने प्रशिक्षकहरुलाई अबिर र खाँदा लगाएर नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा पाल्पा, गुल्मी इन्चार्ज अपेक्षाले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :