नेपाली स्वाधिनता र सार्वभौमिकतामाथि भारतीय हस्तक्षेपकाे विरोधमा भोलि देशभर प्रदर्शन गर्ने

नेपाली स्वाधिनता र सार्वभौमिकतामाथि भारतीय हस्तक्षेपकाे विरोधमा भोलि देशभर प्रदर्शन गर्ने

नेपाली स्वाधिनता र सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गर्ने गरी नेपाली सीमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती, भारतीय विदेश मन्त्रालयका प्रवक्तोपालप्रतिको हेपाहा अभिव्यक्ति र जयसिंह धामीको हत्याको विरोधमा नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) ले भोलि देशभर प्रदर्शन गर्ने भएका छन् ।

नेपाली स्वाधिनता र सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गर्दै आइरहेको भारतीय एसएसबीको ज्यादतीका कारण जयसिंङ धामीको हत्या भएको महिनौँ दिन बित्दा समेत उक्त घटनालाई गल्तीको अस्वीकार गर्दै ढाकछोप गरिरहेको घटनाविरुद्ध युवा विद्यार्थी संगठनले संयुक्त रुपमा भोलि २ बजे देशब्यापी बिरोध प्रर्दशन गर्ने जनाएका छन् । काठमाडौँमा भोलि दिउँसो २ बजे प्रदर्शनीमार्ग, आरआर क्याम्पस अगाडि विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :