नेकपा इलामद्वारा जिल्लामा देखिएको भ्रष्टाचारका विरूद्व विज्ञप्ति जारी

नेकपा इलामद्वारा जिल्लामा देखिएको भ्रष्टाचारका विरूद्व विज्ञप्ति जारी

नेपाल कम्युनिस्ट पार्टी इलामले जिल्लामा देखिएको भ्रष्टाचारका विरूद्व प्रेस विज्ञप्ति जारी गरेको छ ।

हालै जिल्लाका विभिन्न पालिकाहरूको बेरुजु रकमसहितको डाटा सार्वजनिक गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा इलाम जिल्लामा रहेका स्थानिय पालिकाहरुमा भएको बेरुजु अनुसार सुर्योदय नगरपालिकामा– रु ५१४३७००० , माइजोगमाइ गाउँपालिकामा– रु २६०६७००० , रोङ गाउँपालिकामा –रु ३७५२५००० , माइ नगरपालिका– रु २५०२२००० , चुलाचुली गाउँपालिका –रु १८४४६००० , इलाम नगरपालिकामा –रु ४४३१०००० , माङ्सेबुङ गाउँपालिकामा– रु १४६५९०००, सन्दकपुर गाउँपालिकामा – रु २१४६६००० , फाकफोकथुम गाउँपालिकामा –रु ५६०६०००० , देउमाइ नगरपालिकामा– रु ३१४११००० गरी जम्मा– ३२ करोड ६४ लाख ३ हजार रुपैयां बेरुजु निस्किएको थियोे ।

सोमबार नेकपाका जिल्ला इन्चार्ज सुमनसिंह र सचिव मौसमले प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचार, बेथिति लगायतका विरूद्व संघर्ष गर्ने र आम जनसमुदायलाई संघर्षमा संगठित हुन आग्रह गरेका छन् ।
विज्ञप्तिको पूरा पाछ ,(“जनताको काम गर्छौं भनेर जालझेलको खेती चलाइरहेका जनप्रतिनिधी भनिनेहरुको भ्रस्टाचार र कु–कृत्यका ठूला ठूला काण्डहरु सर्वत्र छरपस्ट नै छन् । जनअपेक्षालाई लात मार्दै डुङ डुङती गन्हाइरहेकाहरुबाट जनताले राम्रो कुराको आशा राख्ने स्थिती छैन । अन्य कयौँ भ्रष्टाचार र यो बेरुजुको स्थिती हेर्दा इलामका भ्रस्टचारीहरु विरुद्ध सशक्त जनसंघर्ष संचालन गर्नुपर्ने आम निश्कर्ष रहेको छ ।

यतिबेला दलाल पुंजिवादी संसदिय ब्यवस्था जनताले बुझ्ने तहमा पतन भएको छ । यो राष्ट्रघाति र जनबिरोधी दलाल सत्ता खारेजिको निम्ती हाम्रो पार्टिले जारी राखेको संघर्स नै राष्ट्र र जनतालाई निकास दिने एकमात्र विकल्प रहेको विषय जनताको अगाडि छर्लङ छ । यतिबेला राष्ट्र र जनतालाई दोहन गर्ने भ्रस्टाचारी, जनबिरोधी र राष्ट्रघाती कु–तत्व विरुद्ध जनताले दृढतापूर्वक संघर्ष उत्रनु पर्ने भएको छ । जनआक्रोश र जनसंघर्षको नेत्रित्व हाम्रो पार्टी गर्दैले आएको छ र यो निरन्तर रहने नै छ । इलामका आम न्यायप्रेमी जनसमुदायलाई भ्रस्ट सत्ता विरुद्धको संघर्षमा संगठित हुन अपिल गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :