नेकपा दैलेखको अयोजनामा वृहत अन्तरक्रिया सम्पन्न

नेकपा दैलेखको अयोजनामा वृहत अन्तरक्रिया सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखको अयोजनामा दैलेख बजारमा नेपालको वर्तमान राजनीतिक सङ्कट र यसको समाधान बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य तथा विदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले संसदीय राजनीतिक प्रणाली पूर्ण रुपमा असफल भएकाले यसको अग्रगामी निकास भनेको दलाल पुँजीवादी व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्थाबारे जनमतसङ्ग्रह गरिनुपर्ने बताएका छन् । जनमतसङ्ग्रहका लागि सम्पूर्ण जनताहरू आन्दोलन गर्न सडकमा आउनुपर्ने कुरामा जोड गर्दै नेता कञ्चनले संयुक्त प्रगतिशील सरकार जनमतसङ्ग्रहले संसदीय व्यवस्थाको अन्त गरेर वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना हुने र यसले संसारलाई नयाँ सन्देश दिने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य एटम बिसी, नेकपा एकीकृत समाजवादी पार्टी दैलेखका अध्यक्ष बेदनाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रामबहादुर थापा, पुष्पलाल मित्रता केन्द्र दैलेखका अध्यक्ष मायाराम अधिकारी, उद्योग बाणिज्य सङ्घ दैलेखका अध्यक्ष कुलबहादुर बिक अतिथि रहेका थिए ।

कार्यक्रममा जिल्लाका राजनीतिक पार्टी, कर्मचारी, ब्यापारी, नागरिक समाज र पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो भने सञ्चालन जिल्ला सेक्रेटरी दिपेन्द्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :