नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियान अन्तरगत आइतबार मेलम्ची नगरपालिका १३ मा भेला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमबाट विनोद दनुवारको नेतृत्वमा १० सदस्यीय युवा कमिटी र अस्मिता दनुवारको नेतृत्वमा ५ सदस्यीय विद्यार्थी कमिटी निमार्ण भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक/ दोलखा इन्चार्ज प्रवीणले सम्वोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रवीणले नेपाली जनताको मुक्तिका लागि सबै श्रमिक जनताहरु एकजुट भएर संघर्षमा उत्रिनुपर्ने बताए । दलाल पुजीवादी संसदीय व्यवस्था विश्वमा बदनाम र असफल भएकोले अब नेपाली जनताले जनमतसंग्रह मार्फत व्यवस्था चुन्न पाउनु पर्ने पनि बताए । कार्यक्रममा सहभागीहरुलाई वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति, दलाल पुजीवादी संसदीय पार्टी असफलता बारेमा पनि प्रशिक्षित पनि गरे ।
कार्यक्रमको अध्यक्षता जिल्ला सचिव युगीन गरेका थिए भने कार्यक्रमको संन्चालन पार्टीको विशेष कमिटी सदस्य किरण घिमिरे गरेका थिए ।