नेकपा घोराही उपमहानगर कमिटीको बैठक सम्पन्न, संगठन सुदृढ तथा नमूना गाउँ बनाउने

नेकपा घोराही उपमहानगर कमिटीको बैठक सम्पन्न, संगठन सुदृढ तथा नमूना गाउँ बनाउने

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङ, घोराही उपमहानगरपालिका कमिटीको शुक्रबार घोराहीमा दोस्रो पूर्ण बैठक सम्पन्न भएको हो ।
बैठकमा प्रशिक्षणात्मक मतब्य राख्दै बैठकका प्रमुख अतिथि दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष तथा नेकपा दाङ जिल्ला विशेष कमिटीका सदस्य सम्झनाले जनयुद्धको अपुरो कार्यभार र पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशालाई सँगै अगाडि बढाएको बताइन् । यो संसदीय व्यवस्थालाई अन्त्य गरि वैज्ञानिक समाजवाद निर्माण गर्ने पार्टीको प्रमुख लक्ष्य भएकोले त्यसका लागि पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर जनताको माझमा जानुपर्ने र पार्टी जनताको आशा र भरोसाको केन्द्र बन्दै गइरहेको समेत उनले बताइन् । पार्टीले संचालन गर्न लागेको अभियानलाई सशक्त रुपमा सफल बनाउन सबै नेताकार्यकर्ता आआफ्नो क्षेत्रमा खटेर लाग्नु पर्ने बताइन ।

बैठकमा प्रशिक्षणात्मक मतब्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीपले पार्टीले संचालन गर्न लागेको एक महिने अभियानलाई सफल बनाउन सबै नेताकार्यकर्ता एकीकृत भएर अगाडि बढ्नुपर्ने बताए । जनताले यो संसदीय व्यवस्थाको विकल्पको रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई रोजीसकेको समेत उनले बताए । अभियानमार्फत संगठनलाई सुदृढ बनाउने र जनसम्बन्धलाई विस्तार गर्ने, नमूना गाउँ बनाउने पार्टीको उदेश्य रहेको नेता प्रदिपले बताए । श्रम र समयलाई उचित मुल्यांकन गर्दै अभियानलाई सफल बनाउन सबै जना दृढ संकल्पका साथ अगाडि बढ्नुपर्ने नेता प्रदिपको भनाइ थियो ।

बैठकमा युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले पार्टी क्रान्तिको लागि परिपक्व हुँदै गएको बताए । सत्तापक्ष राजनीतिक खिचातानीकै कारणले गर्दा जनतामाझ नाङ्गिदै गएको पनि उनले बताए । २००७ सालदेखि जनताले यो या त्यो रुपामा साथ दिदै आएको र अब पनि जनताले नेपाल कम्युनिस्ट पार्टीलाई सहजै साथ दिने तर त्यसका लागि पार्टीका नेताकार्यकर्ताहरुले जनताका माझमा जानुपर्ने समेत उनले बताए ।

बैठकले सांगठनिक अभियान भदौ २० गते ४ वटा कमान्डमा भब्य रुपमा उदघाटन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ । जसमा पार्टी जिल्ला कमिटी सदस्य अनिल, मोति, किसन र महानको कमाण्डमा रहेका छन् भने प्रत्येक कमाण्डमा १५ सदस्यीय कमिटी बनाइएको छ । संगठन सुदृढ तथा जनसम्बन्ध सुधार र दुई वटा नमूना गाउँ बनाउने अभियानको प्रमुख उद्देश्य रहेको छ।


नेपाल कम्युनिस्ट पार्टी दाङ, घोराहीउपमहानगरपालिकाका इन्चार्ज तिलकको अध्यक्षता एवम् दलित मुक्ति मोर्चा केन्द्रीय उपाध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी दाङ विशेष कमिटीका सदस्य सम्झनाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका सेक्रेटरी प्रदीप, युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटन, वडाका इन्चार्ज र सेक्रेटरी लगायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :