सुद्धोधन गाउँपालिका वडा नम्बर १ मा युवा सङ्गठनको भेला सम्पन्न

सुद्धोधन गाउँपालिका वडा नम्बर १ मा युवा सङ्गठनको भेला सम्पन्न

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल रुपन्देही अन्तरगत सुद्धोधन गाउँपालिका वडा नम्बर १ को भेला सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न भेलाले अनुप यादवको नेतृत्वमा २७ सदस्यीय वडा कमिटी निर्माण गरेको छ ।

कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव नरहेको भन्दै वैज्ञानिक समाजवादी राज्य सत्ता निर्माण गर्नुपर्ने बताए । उनले युवाहरूमा देखा परेको वितृष्णा, बेरोजगार, आत्महत्या, विदेश पलायन, लागु पदार्थ सेवन लगायत सामाजिक विकृतिहरू दलाल संसदीय व्यवस्थाको उपज भएको बताए । विश्वासले वैज्ञानिक समाजवादी राज्य सत्ता निर्माणका लागि युवाहरूले सबै जनतालाई एकीकृत जनक्रान्तिको कार्यदिशामा समाहित बनाउनुपर्ने र देशव्यापी रुपमा सङ्गठन विस्तार गर्नुपर्ने बताए ।

यसैगरी नेकपा सुद्धोधन–सियारी गाउँपालिका सेक्रेटरी साइमनले अबको राज्य सत्ता देशभक्त, प्रगतिशील, सच्चा कम्युनिस्ट युवाहरूको हातमा रहेको बताए । उनले बदलिएको फरक परिस्थितिमा युवाहरूको काँधमा इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिदिएको बताए ।

कार्यक्रममा ठूलो मात्रामा स्थानीय युवाहरूको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता र सञ्चालन नेकपा सुद्धोधन–सियारी गाउँपालिका सेक्रेटरी साइमनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :