अनेकि महासङ्घ (क्रान्तिकारी) कास्कीको विस्तारित बैठक सम्पन्न

पोखरा : अखिल नेपाल किसान महासङ्घ (क्रान्किारी) अन्तरगत कास्की जिल्लाको विस्तारित बैठक पोखरामा सम्पन्न भएको छ ।

बैठकको अध्यक्ष कास्की जिल्ला किसान संयोजक देवीप्रसाद तिवारी, प्रमुख अतिथि अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ, अतितिमा कास्की जिल्ला सेक्रेटरी विश्व, अनेकि महासङ्घ (क्रान्तिकारी) का महासचिव सागर अर्याल, महिला केन्द्रीय सदस्य शोममाया वि.क, दलित मुक्ति मोर्चा कास्की जिल्ला अध्यक्ष भिमसेन, जनपत्रकार कास्की जिल्ला केस रमाकान्त, विद्यार्थी केस अटल, महानगर सेक्रेटरी वद्री अधिकारीले रहेका थिए भने बैठकको सञ्चालन देवीप्रसाद तिवारीले गरेका थिए ।

बैठकले भेला आयोजक संयोजकसहित १३ जना केन्दी्रय सदस्य तोक्ने निर्णय गरेको छ । पेशागत सङ्गठनका संयोजक तोकेको छ – संयोजकमा देवीप्रसाद तिवारी, केन्द्रीय सदस्य रमेश श्रेष्ठ, धान्यबहादुर केसी, चित्रबहादुर घर्ती, कृष्ण पौडेल, टेकनाथ पहाडी, छविलाल अधिकारी, उभराज वास्तोला, नरेन्द्र घर्ती, दिपक सुनुवार, चिन्तामणी कुंवार, सविना सुनुवार र देवी परियार रहेका छन् ।

त्यसैगरी घटक सङ्घको संयोजक तोकिएको छ – तरकारी किसान सङ्घमा धान्यबहादुर केसी, मौरी पालक किसान सङ्घमा चित्रबहादुर घर्ती, कुखुरा पालक किसान सङ्घ कृष्ण पौडेल, पशु पालक किसान सङ्घ टेकनाथ, बङ्गुर पालक किसान सङ्घ नरेन्द्र घर्तीमगर, दुध विकास किसान सङ्घ चिन्ता मणी कुंवार र खाद्य किसानमा सविना सुनुवार र देवी परियारलाई बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :