नेकपाद्वारा हेटौँडामा जनश्रमदान

नेकपाद्वारा हेटौँडामा जनश्रमदान

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले हेटौँडा उप–महानगरपालिका वडा नम्बर १८ मा जनश्रमदान गरेको छ । सोमबार वडा कमिटी सेक्रेटरी नेत्रको पहलमा हेटौँडा नगर सेक्रेटरी सुर्य अर्याल, युवा सङ्गठन नेपाल मकवानपुरका टोल कमिटी सदस्यहरूको उपस्थितिमा संयुक्त श्रमदान गरेको हो ।

नगर सेक्रेटरी सुर्य अर्यालले कुनै पनि राज्यसत्ताको आधार उत्पादन प्रणाली श्रम विना बलियो हुन सक्दैन र कमजोर उत्पादन प्रणाली भएको राज्यसत्ता टिक्न नसक्ने बताए । उनले लक्ष्यबिहीन उत्पादन प्रणाली भएको पुँजीवादी राज्यसत्ताको वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवाद उन्मुख जनश्रमदानले सशक्त उत्पादन प्रणाली खडा गर्ने विश्वास लिएको बताए ।

साथै अर्यालले यसरी सबै नगर बासीलाई श्रममा सहभागी गराउँदै, सङ्गठनमा जोड्दै एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध गराउने योजना हेटौँडा नगर कमिटीले लिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :