दोलखामा नेकपाका जवस मोर्चाहरुको संयुक्त प्रशिक्षण सम्पन्न

दोलखामा नेकपाका जवस मोर्चाहरुको संयुक्त प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी दोलखाले जनसंगठन तथा जनसेवा अभियान अन्तर्गत जनवर्गीय संगठन मोर्चाहरुको संयुक्त प्रशिक्षण सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज प्रवीणले पार्टीको समग्र योजना, समसामयिक अवस्था र जवस मोर्चाहरुको भूमिका लगायत विषयमा प्रशिक्षण दिएका छन् ।

यसैगरी पार्टीका जिल्ला सेक्रेटरी विनय शर्माले जिल्लाको समग्र अवस्था र योजनाको विषयमा प्रशिक्षित गरेका छन् । कार्यक्रममा सहभागीहरुलाई अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक विशाल जिरेलले मन्तव्यद्वारा स्वागत गरे । कार्यक्रम सफलताको शुभकामना सहिद परिवार कर्ण थामीले दिएका थिए ।

मजदुरका केन्द्रीय सदस्य जित थामी र शिक्षक संगठनको केन्द्रीय नेतृ जिष्णु उप्रेतीले मन्तव्य दिएका थिए । कार्यक्रमको अध्यक्षता राजकुमार लामिछानेले र सञ्चालन सोम पाख्रीनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :