वडी केदार र वोगटान फुडसिल गाउँपालिकाको संयुक्त भेला सम्पन्न

वडी केदार र वोगटान फुडसिल गाउँपालिकाको संयुक्त भेला सम्पन्न

डोटी : नेपाल कम्युनिस्ट पार्टी डोटी जिल्ला अन्तरगत वडी केदार गाउँपालिका र वोगटान फुडसिल गाउँपालिकाको संयुक्त भेला अतरकाडामा सम्पन्न भएको छ ।

सो भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रशान्तले प्रगतिशील सरकार र जनमतसङ्ग्रहको बारेमा जनतामाँझ बृहत बहस चलाउनु पर्ने बताए । त्यसैगरी भेलामा जिल्ला सेक्रेटरी ध्रुवले जिल्लाको नीति योजनाको बारेमा छलफल तथा निर्देशन गरेका थिए ।

उक्त भेलाको अध्यक्षता वोगटान फुडसिल गाउँकमिटी इन्चार्ज धन बोहराले गरेका थिए भने प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रशान्त थिए ।

यस्तै अतिथिहरू जिल्ला सेक्रेटरी ध्रुव, जिल्ला सदस्यहरू प्रकाश थापा, कृष्ण बोहरा, प्रकाश कठायत, सुशिल मलासी र जिल्ला सल्लाहकार सदस्य तिलख बोहरा थिए भने कार्यक्रमको सञ्चालन वडी केदार गाउँकमिटी इन्चार्ज लक्ष्मण ताडीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :