नेकपा चितवनद्वारा खैरहनी नगरमा वडा कमिटी गठन

नेकपा चितवनद्वारा खैरहनी नगरमा वडा कमिटी गठन

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनको खैरहनी नगर कमिटी अन्तरगत वडा नं. १ मा दिनप्रसाद दाहाल सेक्रेटरी रहनेगरी १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ । यसैगरी अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी रुवीना चौधरीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी पनि गठन गरिएको छ ।

आइतबार सम्पन्न वडा भेलामा प्रमुख अतिथि नेकपा चितवनका विशेष कमिटी सदस्य उत्सव र अतिथिमा वडा इन्चार्ज अञ्जना रहेकी थिइन् भने उक्त भेलाको अध्यक्षता दिनप्रसाद दाहालले गरेका थिए ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि उत्सवले वर्तमान दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न जनमतसङ्ग्रहको निर्वाचन गर्नुपर्ने बताए । उनले जनमतसङ्ग्रहबाट वैज्ञानिक समाजवाद ल्याउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने पनि बताए । यस्तै वडा इन्चार्ज अञ्जनाले पनि सम्बोधन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :