अखिल (क्रान्तिकारी) उदयपुरको त्रियुगा नगर सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) उदयपुरको त्रियुगा नगर सम्मेलन सम्पन्न

उदयपुर जिल्लाको गाइघाट बजारमा अखिल (क्रान्तिकारी) को त्रियुगा नगर सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । सरकारसँगको तीन बुँदे सहमतिपछि प्रतिबन्ध फुकुवा भएसँगै नेपाल कम्युनिस्ट पार्टीको सबै जबसहरु बैठक, भेला र सम्मेलनलाई तिब्र बनाएको छ ।

कोरोना माहामारीको बाबजुद पनि भब्य उपस्थितिसहित भएको सम्मेलनले १९ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । जानकी खत्रीको अध्यक्षतामा उक्त कमिटी निर्वाचित भएको हो ।

सम्मेलनको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका सेक्रेटरी लक्ष्मण पौड्याल र अतिथिहरु त्रियुगा नगर पार्टी इन्चार्ज मिन प्रसाद पोख्रेल, जिल्ला पार्टी कार्यलय सचिव दुर्गा तामाङ र अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष देहज क्षेत्रीको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अथिति लक्ष्मण पौड्यालले विद्यार्थीहरु देशको कर्णधार भएकोले देशलाई अप्ठेरो परेको बेला विद्यार्थीहरु एक ढिक्का भएर जुट्नु पर्ने बताए । अहिलेको दलाल पुजीवादी राज्यव्यवस्थाका कारण देशको स्वाधीनता, जनजीविका र जनतन्त्र ठूलो संकटमा परेको बताए । यो अवस्थामा पार्टीले अगाडि बढाएको प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवादको नै उत्तम विकल्प रहेको र जिल्लाभरी सबै जनतालाई वैज्ञानिक समाजवादको दिशामा ध्रुबीकृत गर्ने र त्यो अभियानमा विद्यार्थीले महत्वपूर्ण भुमिका निर्बाह गर्न जोड दिए ।

त्यसैगरी विद्यार्थी जिल्ला अध्यक्ष देहज क्षेत्रीले नेपालको गलत शिक्षाको कारण नेपाली युवा विद्यार्थीको भविष्य अन्धकार भएको र यसको वैकल्पिक शिक्षा वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको दिशामा अखिल (क्रान्तिकारी) अगाडि बढेकोले सबै विद्यार्थीहरु एकपटक कम्मर कसेर लाग्न अपिल गरे ।
सम्मेलनबाट निर्बाचित सबै सदस्यहरु उत्साहित भएको र दृढतापुर्बक अघि बढ्ने प्रतिबद्धता जनाएको नवनिर्बाचित अध्यक्ष जानकी खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :