नेकपा अछामको स्कुलिङ कार्यक्रम सुरू

नेकपा अछामको स्कुलिङ कार्यक्रम सुरू

नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामको आयोजनामा जिल्लाको ढकारी गाउँपालिका वडा नं. २ मा गरिएको छ । स्कुलिङ कार्यक्रम श्रावण २५ देखि ३० गते सम्म पाँच दिन चल्ने छ ।

उद्घाटन कार्यक्रमना जिल्ला सचिव तपेन्द्र तिमिल्सिनाले व्यानर अनावरण र मैनबत्ती बालेर उद्घाटन गरे । उद्घाटन कार्यक्रममा राजबन्दीमा परेर रिहाइ भएका कार्यकर्ताहरूलाई जिल्ला सचिवले अवीर लगाएर सम्मान तथा स्वागत गरेका थिए ।

कार्यक्रममा सचिव तिमिल्सिनाले बोल्दै यो स्कुलिङ कार्यक्रमको धेरै ठूलो महत्त्व र महत्त्वपूर्ण प्रशिक्षण भएको बताए । कम्युनिस्ट भनेको विश्व बदल्ने र विश्वका श्रमिक, किसान, महिला, दलित र गरिबहरुको सपना पूरा गर्ने शक्ति नै भएको बताए । यो स्कुलिङ कार्यक्रमले नेता तथा कार्यकर्ताहरूलाई आधारभुत तथा महत्त्वपूर्ण ज्ञान दिने आवश्यकता भएकोले स्कुलिङ चलाएको बताए । उक्त कार्यक्रम स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्नु पर्ने बताए ।

स्कुलिङ कार्यक्रमको स्वागत मन्तव्य सज्जन धामी चट्टानले राखेका थिए । कार्यलय सचिव लोकेन्द्र शाहीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता जिल्ला सचिव तपेन्द्र तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :