दार्चुलामा भएको घटनाको विरोध गर्दै नेकपा कञ्चनपुरको प्रदर्शन

दार्चुलामा भएको घटनाको विरोध गर्दै नेकपा कञ्चनपुरको प्रदर्शन

कञ्चनपुर : दार्चुला जिल्लामा तुईनमा तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुईनको डोरी काटेर बीचमै तर्दै गरेका ३५ वर्षीय जयसिंह धामीको मृत्युसम्म गराएको अमानवीय, ज्याजतिपूर्ण, हिंसात्मक क्रियाकलापको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरमा शनिबार प्रदर्शन सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार शनिबार सो विरोध प्रदर्शन कञ्चनपुरमा भएको हो ।

उक्त कार्यक्रममा नेकपा कञ्चनपुरका जिल्ला सचिव जीवनले सम्बोधन गर्दै साम्राज्यवाद, हेपाहा प्रवृत्ति र निर्मम सङ्घर्ष गरिने बताए । उनले सिमा क्षेत्रमा भारत सरकारका सुरक्षा र प्रशासनीक निकायहरूले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध विगतमा घटाईएका जति पनि घटनाहरू छन् त्यसमा भारतीय साम्राज्यवादी शासकवर्गको दृष्टिकोण र व्यवहार उदाङ्गीदै आएको छ र यसमा नेपाल सरकार पटकपटक निरिह, लाचार बन्दै गएको कुरा उदाङ्गो भएको प्रस्ट्याएको बताए । उनले जयसिंह धामीको घटना पनि त्यसैको उपज हो, यसर्थ तुईन घटनाको वास्तविक छानविन, दोषीमाथि कडा कारवाही, पीडितलाई न्याय र भारतीय शासकहरूको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी सङ्घर्षमा उत्रिन पार्टीपङ्ति र आम नेपाली जनतामा जोडदार आह्वान गर्दै कार्यक्रम समापन गरेका थिए ।

उक्त विरोध प्रदर्शनमा अतिथिमा समाजवादी राष्ट्रिय मञ्च नेपालका केन्द्रीय अध्यक्ष डिडी पाण्डे, गजेन्द्र पाण्डे लगायतका नेकपा नेता कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । सो कार्यक्रम युवा सङ्घ नेपालका केन्द्रीय सदस्य भुवन कुँवरले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :